About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
नेपाली सेनाका ५ हजार स्वास्थ्यकर्मी तयारी अवस्थामा

खोज केन्द्र शनिबार, चैत्र ०८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । नेपाली सेनाले कोभिड–१९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गरी योजना बनाउने काम अघि बढाएको छ ।

साथै सेनाले सोे जोखिम रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने बताएको छ । यसका लागि सेनाले मातहतका पृतना, वाहिनी र गणस्तरमा आफ्नो तयारी गरिरहेको छ ।

सरकारले सेनालाई कोभिड–१९ को जोखिम रोकथाम र उपचारका लागि २० ओटा सघन उपचार कक्ष निर्माण गर्न आवश्यक बजेट उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

सो भाइरसका बिरामी देखिएमा आइसोलेशन र क्वारेन्टाइनमा कसरी राखेर उपचार गर्ने भनी आन्तरिक तयारीस्वरुप सेनाले उपचार विधि, प्रक्रिया र अपनाउनुपर्ने आवश्यक सजगताबारे ५० चिकित्सकसहित १८१ जनालाई प्रशिक्षण दिइसकेको छ । ती जनशक्तिले केन्द्रमा १० सहित मुलुकभर ५२ स्थानमा नमूना क्वारेन्टाइन र अस्पताल तयार गरिसकेका छन् ।

सेनाको पूर्वी पृतना मातहत विभिन्न तीन स्थानमा ४४४ शय्याको क्वारेन्टाइन तयार गरिसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

सेनाले कोरोना भइरसबाट सुरक्षित रहन र आवश्यक परेको बखत चुस्त–दुरुस्त रुपले परिचालन हुन सैनिकलाई बिदा बस्न बन्देज लगाइसकेको छ ।

सरकारको निर्णयअनुसार एकै पटक धेरै मानिस एकै स्थानमा जम्मा हुन नदिने हेतुले ससाना समूहमा रहेर बिहान–बेलुका खाना खुवाउने प्रबन्ध मिलाएको सेनाले जानकारी दिएको छ । सेनाले संगठनभित्र स्वास्थ्यसम्बन्धी तालीम लिएका ५ हजार व्यक्तिको रोष्टर तयार गरिसकेको बताएको छ ।

उक्त जनशक्तिलाई आवश्यकताअनुसार परिचालन गर्न तयारी हालतमा राखेको जानकारी दिइएको छ ।

सेनाले अहिले स्वास्थ्यसम्बन्धी तालीम लिएका भूतपूर्व सैनिकको पनि खोजी गरिरहेको छ । यसैबीच सेनाले हेलिकोप्टरबाट औषधि छर्कने बेलामा सर्वसाधारण घरभित्रै बस्नुपर्छ भन्ने ढंगबाट आएको हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]