About Contact
२५ फाल्गुण २०७७, मंगलबार
Close
बिज्ञापन
प्रदेश २: भुक्तानी विवाद झन् जटिल बन्दै

खोज केन्द्र शुक्रबार, चैत्र ०७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जनकपुरधाम । प्रदेश २ सरकारका लागि टाउको दुखाइको विषय बनेको भुक्तानी विवाद झन् जटिल बन्दै गएको छ । सरकारले आर्थिक विधेयक ल्याउने तयारी गरिरहँदा प्रमुख सचिव नै फरार भएपछि गतवर्ष सम्पन्न आयोजनाकोे भुक्तानी विवाद थप जटिल बन्न पुगेको हो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीवार प्रदेशसभा बैठकमा बोल्दै विधेयक बनाउन जिम्मेवारी दिएको सचिव रामृष्ण सुवेदी फरार भएको बताएका छन् । बिहीवार बस्ने मन्त्रिपरिषद्को बैठकमा निर्णय गरी प्रदेशसभामा विधेयक दर्ता गराउने सरकारको तयारी थियो । तर, सचिव सुवेदी अन्य सचिवलाई पनि लिएर फरार भएको मुख्यमन्त्री राउतको भनाइ छ ।

प्रदेश २ सरकारको मन्त्रिपरिषद् बैठक बस्ने तयारी भइरहेको बेला सचिव सुवेदी बुधवारदेखि अचानक कार्यालयबाट हिँडेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बताएको छ । गतवर्षको भुक्तानी नहुँदा लामो समयसम्म प्रदेशसभा अवरुद्ध भए पनि निकास खोज्न कर्मचारी बाधक बनेको राउतले आरोप लगाए । ‘प्रदेशसभाबाट एकमत भएर पारित भएको प्रतिवेदनको अधारमा गतवर्षको भुक्तानीका लागि मन्त्रिपरिषद्ले निर्देशन दिएसकेको छ,’ उनले भने, ‘तर, सचिवकै कारण भुक्तानी समस्या झन जटिल बन्दै गएको हो ।’

गतवर्षको बाँकी भुक्तानीका लागि सरकारले बिहीवार प्रदेशसभामा विधेयक दर्ता गराउने दलहरूबीच भद्र सहमति भएको थियो । तर, विधेयक तयारीको जिम्मेवारी पाएका सचिव सुवेदी फरार हुँदा विधेयक तयारी नै नभएको मुख्यमन्त्री राउतको भनाइ छ । मन्त्रिपरिषद् बैठकमा आर्थिक विधेयक स्वीकृत गरी प्रदेश सभामा दर्ता गरिने तयारी भएको थियो । तर सुवेदी भागेपछि सबै काम प्रभावित भएको छ ।

गत आर्थिक वर्षको बक्यौता भुक्तानी गर्न आर्थिक विधेयक ल्याउन गत सोमवार प्रदेशसभा परिसरमा भएको बृहत् बैठक आर्थिक विधेयक ल्याउने निर्णय गरेको थियो । भुक्तानीका लागि भएको सहमतिमा प्रमुख सचिव सुवेदी सहमत थिएनन् । यसअघि पनि मन्त्रिपरिषद् बैठकमा आर्थिक मन्त्रालयको ठाडो प्रस्ताव रोकेर असहमति व्यक्त गरेका थिए । तर, सुवेदीलाई समेत संलग्न गराएर आर्थिक विधेयकको प्रक्रिया अगाडि बढएपछि उनी भागेका हुन् ।

‘विधेयको विषयमा छलफल गर्न प्रमुख सचिवलाई बोलाउँदा कर्मचारी नआएको बहना बनाउने उनी बुधवार नै हिँडेका रहेछन,’ मुख्यमन्त्री राउतले भने, ‘कर्मचारीको असहयोगकै कारण भुक्तानी रोकिएको छ ।’ सचिवालयका सचिवलाई साथमा लिएर गएपछि मन्त्रिपरिषद् बैठक समेत प्रभावित भएको उनको भनाइ छ ।

कर्मचारीको असहयोगले गतवर्षको बाँकी भुक्तानी नहुँदा संघीय सरकारलाई गुहार्न दलका नेतालाई राउतले आग्रह गरे । ‘सरकारसँगै विपक्षी दलका नेता एकैसाथ भुक्तानीका लागि प्रधानमन्त्रीसहित सरोकारवलालाई डेलिगेशन लिएर जाऔं,’ उनले भने । बिहीवारको प्रदेश सभा बैठका प्रदेश सहकारी विधेयकमा छलफल भएको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]