About Contact
०८ आश्विन २०७७, बिहिबार
Close
बिज्ञापन
‘अब अति नै भयो, म एक्लैले सामना गर्न सकिनँ, यसमा तपाईंहरूको सहयोग चाहिन्छ,’ मुख्यमन्त्री राउत

खोज केन्द्र शुक्रबार, चैत्र ०७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

कर्मचारीले असहयोग गरेको भन्दै प्रदेश २ सरकार र विपक्ष दलले गुनासो गरेको छ । सभामुखसहित मुख्यमन्त्री, मन्त्री तथा विपक्षी दलका नेताहरू डेलिगेसन लिएर संघीय सरकारसँग समस्या समाधानका लागि माग गर्ने भएका छन् ।

बिहीबार प्रदेश सभामा विशेष समय लिएर बोल्दै मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले काम गर्न मुस्किल भएको बताए । ‘लामो समयदेखि कर्मचारीको व्यापक अभाव छ, तैपनि हामी जसोतसो काम चलाइरहेका थियौँ, तर अब भएका कर्मचारीले पनि सरकारलाई असहयोग गर्ने, सरकारलाई झन् तनाव दिने भएपछि अब संघीय सरकारसमक्ष डेलिगेसनमा जाँदै छौँ,’ मुख्यमन्त्री रावतले भने ।

गत वर्ष सम्पन्न भएका कामहरू भुक्तानी नदिएर उपभोक्ता समितिहरू पीडामा रहेको, अधिकांश सांसदहरू गालीगलौज र बेइज्जती सहन बाध्य भएको उनको भनाइ थियो । ‘संघीय सरकारले पठाउने कर्मचारी समस्या समाधान गर्नुभन्दा झन् समस्या बढाउँदै गइरहेका छन्,’ मुख्यमन्त्री रावतले भने, ‘प्रदेश सरकारलाई कुनै जानकारी नै नदिई कार्यालय नै छोडेर भाग्ने गरेका छन् ।’

गत वर्ष सकिएका योजनाको भुक्तानी दिन कर्मचारीले सहयोग नगरेको उनको दुखेसो थियो । ‘गत वर्षको भुक्तानीकै विषयमा प्रमुख सचिवकै सल्लाहमा प्रदेश सभाबाटै माननीय सभामुखको संयोजकत्वमा सर्वदलीय छानबिन समिति गठन ग-यौँ, मन्त्रिपरिषद्बाट पनि निर्णय गरायारैँ, तर पनि ती भुक्तानी दिन मानेनन्,’ मुख्यमन्त्री राउतले भने, ‘अन्तिमपटक आर्थिक ऐन संशोधन गरेपछि मात्रै भुक्तानी दिन सकिन्छ भनियो, त्यसमा पनि हामी सहमत भई आर्थिक ऐन संशोधनका लागि मन्त्रिपरिषद्को बैठक बस्नुअघि प्रमुख सचिव कसैलाई जानकारी नै दिई गायब हुनुभयो ।’

 ‘अब अति नै भयो, म एक्लैले सामना गर्न सकिनँ, यसमा तपाईंहरूको सहयोग चाहिन्छ,’ मुख्यमन्त्री राउतले प्रदेश सभामा भने, ‘कर्मचारीकै कारण गत वर्षको भुक्तानी हुन सकेन, यस वर्ष पनि विकास निर्माणका काम प्रभावित छन्, संघीय सरकारले पठाएको कर्मचारीले कहिल्यै प्रदेश सरकारलाई सहयोग गर्न चाहँदैनन्, यस्तोमा संघीयता कसरी संस्थागत हुन्छ ?’

बुधबार मन्त्रिपरिषद्को बैठक बस्नुअघि प्रदेश सरकारका प्रमुख सचिव रामकृष्ण सुवेदी एकाएक गायब भएका थिए । दिउँसो २ बजेसम्म कार्यालयमै बसेका सुवेदी मुख्यमन्त्रीलाई सामान्य जानकारीसमेत नदिई कार्यालयबाट निस्केको जनाएको छ । उनी प्रायः काठमाडौं बस्दै आएको मन्त्रीहरूको भनाइ छ ।

‘ऐनकानुनविपरीत वा दबाब दिएर कुनै काम गराउनु सरकारको उद्देश्य होइन, त्यो हामी गर्न पनि चाहन्नौँ,’ मुख्यमन्त्री राउतले भने, ‘विगतमा भएका कमीकमजोरीलाई कसरी सच्चाउने, पीडामा परेकाहरूलाई कसरी न्याय दिने भन्नेतर्फ सरकार लागिपरेको छ, तर कर्मचारीहरू समाधानभन्दा समस्या थपिने काम गर्दै छन् ।’

गत वर्षकै भुक्तानीको विषयले संसद् अवरुद्ध हुँदै आएको छ । बल्लतल्ल संसद् सञ्चालन गर्दा कर्मचारीले दुःख दिएको उनको भनाइ थियो । ‘अब अति नै भयो, म एक्लैले सामना गर्न सकिनँ, यसमा तपाईंहरूको सहयोग चाहिन्छ,’ मुख्यमन्त्री राउतले प्रदेश सभामा भने, ‘कर्मचारीकै कारण गत वर्षको भुक्तानी हुन सकेन, यस वर्ष पनि विकास निर्माणका काम प्रभावित छन्, संघीय सरकारले पठाएको कर्मचारीले कहिल्यै प्रदेश सरकारलाई सहयोग गर्न चाहँदैनन्, यस्तोमा संघीयता कसरी संस्थागत हुन्छ ?’

मुख्यमन्त्री राउतले प्रदेश सभामा सम्बोधन गर्नुअघि सभामुख सरोजकुमार यादव र विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए । बैठकमा प्रदेशका समस्याबारे प्रधानमन्त्री केपी शर्मा ओली, उप्रधानमन्त्री ईश्वर पोखरेल तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीसँग भेट्ने तय भएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।

यसैबीच बिहीबार प्रदेश सभामा मधेस अनुसन्धान ब्युरोसहित तीनवटा विधेयक टेबुल गरिएको छ ।  प्रदेशमा हुने जटिल प्रकारका हत्याहिंसाको अनुसन्धान गर्न मधेस अनुसन्धान ब्युरो, मधेस जाँचबुझ आयोग र प्रदेश सहकारी विधेयक टेबुल गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता
प्रदेश २: ३२ लाख नक्कली नेपाली रुपियाँ बरामद
जनतान्त्रिक तराई मुक्ति मोर्चाले स्थानीय तहसम्म संगठन बिस्तार गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]