About Contact
१३ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
अडियो रेकर्डबारे राजकिशोरको दाबी : म संग कुरा भकै छैन्, प्रमाणित गरियोस राजनीतिबाट सन्यास लिन्छु

खोज केन्द्र शुक्रबार, चैत्र ०७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले अढाई करोडमा टिकट लेनदेन भएको अडियो रेकर्डबारे स्पष्टोक्ति दिएका छन् ।

नेकपासंग गठबंधन गरेका राजपाको तर्फबाट उम्मेदबार बनेका शेखर सिंह गत माघ ९ मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए । तर निर्वाचन अघि नै राजपा अध्यक्ष मण्डललाई अढाई करोड बुझाएर  सिंहलाई टिकट दिलाएको दावी सप्तरीका पूर्व सिडिओ तिलक राम शर्माले गरेका छन् ।

स्रोतका अनुसार सिंहले नै तत्काल रकम दिन भनेको र चुनाव जितेपछि उक्त रकम तिर्न नचाहेपछि पूर्व सिडिओ शर्माले सप्तरीका ज्योती झासंग सहयोग मागे । त्यसपछि झा सिंहकै परोसी सरजित सिंहसंग फोनमा कुरा गरे । त्यही अडियो सार्वजनिक भएपछि यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ ।

फोनमा सरजित सिंहले राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवसंग अढाई करोडको लेनदेन विषयमा कुरा गरेको पूर्व सिडिओ शर्मालाई बताएका छन् । उनले फोनमा भनेका छन्, ‘राजकिशोर यादवसंग फोनमा कुरा गरे । उहांले यो कुरा आउट भएपछि पार्टीको बदनाम हुन्छ । त्यसैले १०/१५ दिन मौन भएर बस्न भन्नुस् । पछि छलफल गरी समाधान गर्नुपर्छ ।’

तर राजपा अध्यक्ष मण्डलका सदस्य यादवले भने फोनमा आफुसंग कुरा गरेको प्रमाणित गरेमा राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । सामाजिक संजालमा उनले लेखेका छन्, ‘मसंग कुराकानी भएको कुरामा कुनै सत्यता छैन । टेलिफोनमा मात्र हैन, विगत छ महिनादेखि न त कुनै किसिमको भेटघाट र फोन सम्वाद भएको छैन ।’

उनले अडियो रेकर्डमा नितान्त मेरो राजनितिक चरित्र हत्या गर्ने गन्ध आएको देखिएको दावी गरेका छन् । आफ्नो गरिमालाई कसैले षड्यन्त्रपुर्ण तरिकाले बदनाम गरे कानुनी कार्वाही गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद
रौतहट: नयाँ घर बनाउने सपना बोकी विदेश गएका कुर्मीको जब फर्कियो
धनुषाको बिदेह नगरपालिकामा झुलुङे पुल निर्माण

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]