जनकपुर । धनुषा तारापट्टी सडक अवरुद्ध गरिएको छ । धुलो बढी उडेको भन्दै युवाहरुले गरे चक्काजाम गरेका हुन ।
निर्माणाधीन धनुषा जनकपुर सडकखण्डमा युवाहरु बाटो तताएका छन।
पिचिङ्ग बन्दै गरेको तथा सडक निर्माणको केही अंश निर्माण भैसकेको तारापट्टीमा सवारी आवतजावतले उडेको धुलोले स्थानिय तथा आवतजावत गर्नेहरुलाइ समस्या भएको भन्दै युवाहरुले ठेकेदार बिरुद्ध चक्काजाम सहित नारावाजी समेत गरेका छन।