जनकपुर । धनुषामा पेट्रोलियमपदार्थको मूल्यमा ठगि गर्दै आएको तथ्य बाहिर आएको छ । मूल्य समायोजन नगरी बिक्री बितरण गर्दा उपभोक्ता मारमा परेका हुन ।
धनुषाको हाथी आयल सेन्टर यदुकुहाले ५ गते बुधबार अपरान्ह ४ बजे सम्म मूल्य समायोजन नगरी सर्वसाधारणलाई १०८ रुपैया प्रति लिटर पेट्रोल बेच्दै खुलेको हो । जबकि नेपाल सरकारले सोमबार राति १२ बजे देखि लागु हुने गरी १०६रुपैया प्रति लिटर पेट्रोलको खुद्रा मूल्य तोक्दा पनि लागु नगरेकोले स्थानीय प्रशासनले समयमै चेकजांच गरी कारवाहीको माग गरेका छन । यो एउटा प्रतिनिधि पात्र हुन्।
यसमा स्थानीय सरकारले पनि बिशेष ध्यान दिई सर्वसाधारण लाई ठगीबाट जोगाउन सर्बसाधारणको आग्रह छ ।