About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
प्रदेश २: मारुती सिमेन्ट र शारदा दारु फ्याक्ट्रीको चरम लापरवाही, घुर्मी खोलामा विषाक्त पानी

खोज केन्द्र बिहिबार, चैत्र ०६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

 जनकपुर, ४ चैत । प्रदेश २ को मारुती सिमेन्ट उद्योग  र शारदा दारु फ्याक्ट्रीको चरम लापरवाहीका कारण मानवजीवन सहित बातावरण नै जोखिममा परेको छ । कोरोनाको संक्रमण उत्कर्षमा पुगेको अवस्थामा उक्त उद्योगले घुर्मी खोलामा विषाक्त पानी बगाउंदा जोखिम बढेको हो । 

सिरहा जिल्ला को मिर्चैया नगरपालिका र गोलबजार नगरपालिका को सिमाना मा रहेका घुर्मी खोला मा बिगत दशौं बर्ष देखि मारूती सिमेन्ट प्रा.लि को अगाडि मा अवस्थित शारदा डिष्टिलरी प्रा.लि ले कारखाना बाट निस्केको प्रदुषित पानी घुर्मी खोला मा खुलम खुल्ला बगाऊदै आएको छ।

सार्वजनिक सम्पति मा कुनै एक व्यक्ति,वा समुदाय को हालि मुहालि हुनु हुदैन।तर घुर्मी खोला मा यो डिष्टिलरी को पानी अलकोहल युक्त हुन्छ र खोला को किनारमा पर्ने करिब करिब 

३ वटा नगरपालिका र दर्जनौ वटा गाऊँ का किसान लगायत सर्वसाधारण हरू प्रभावित हुदै आएको छ। खोला को पानी मा मिसिएको प्रदुषित पानी को गन्ध र पानी ले खोला बाट सिंचाई र वरपर का जनधन को ठुलो क्षति हुदै आएको छ।र त्यस घटना हरू लाई स्थानिय व्यक्ति बिशेष को पहलमा राहत बाटेर डिष्टिलरी ले आफ्नो उद्योग संचालन गर्दै आएको छ।

दुःखको कुरा यो हो कि जब जनप्रतिनिधि भए पनि स्थानिय जनता ले स्थानिय सरकार ,प्रदेश सर र संघिय सरकार का जन प्रतिनिधि हरु पुर्ण रूपमा मौन छन।

यस्ता गम्भिर बिषय मा यि पात्रहरू जनताको आवाजलाई आफ्नो स्तरबाट सम्बोधन नगर्नु हाम्रो लागि दुर्भाग्य नै छ।

घुर्मी खोलाको प्रदुषण पानी र मारूती सिमेन्ट प्रा.लि को प्रदुषण ले त्यस वरपर का लाखौं जनता प्रत्यक्ष रुपमा प्रभाबित छन र बर्षेनी बिभिन्न किसिम को रोग ले मार्ने गर्छन।

यस्ता बितण्डता हरू लाई नकुनै संचार माध्यम न कुनै मानव अधिकारवादी र न कुनै पत्रकार ले चासो देखाएका छन।

स्थानिय प्रशासन मात्र होइन जिल्ला प्रशासनको मिलेमतोमा कलकारखान डनहरूबाट सर्वसाधारण दुःख पाउदै आएको छ।

यो क्षेत्रबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि मध्ये राजपा को अध्यक्षमण्डली का सदस्य तथा पूर्व सुचना तथा संचार मन्त्री मा.राजकिशोर यादब र नेकपा का प्रदेश सभा सदस्य मा.दिलिप साह रहेका छन।

वारी पट्टि र पारी पट्टी पनि दुवै नगरपालिका को मेयर र वाडा सदस्य हरू पनि नेकपा कै रहेकाछन ।

सम्बन्धित

ताजा अपडेट
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !
सहिद नगरपालिकामा नेकपा परित्याग गरी धमाधम कांग्रेसमा प्रवेश गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]