About Contact
०९ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
धनुषामा एसईईका परीक्षार्थीबाट घुस लिने प्राधानाध्यापक रंगेहात पक्राउ

खोज केन्द्र बुधबार, चैत्र ०५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषामा माध्यामिक शिक्षा परीक्षा (एसईई)का परीक्षार्थीबाट घुस लिने प्राधानाध्यापक रंगेहात पक्राउ परेका छन्।

धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतालाई बुधबार दिउँसो अख्तियारले विद्यालयबाटै २ हजार रुपैयाँ घुसहित पक्राउ गरेको हो।

बिहीबारदेखि सुरु हुन लागेको एसईई परीक्षाको फारम अघि नभरेको बहानामा प्रवेश पत्र उपलब्ध गराउन एक परीक्षार्थीबाट २ हजार रुपैयाँ घुस लिँदै गर्दा उनी पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले प्रअ महतोलाई पक्राउ गरेको हो। घटनास्थलमा मुचुल्का गरी प्रअ महतोलाई नगद र प्रमाणसहित नियन्त्रणमा लिएको र भ्रष्टाचार निवारण ऐन अनुसार उनीमाथि विषेश अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको अख्तियारले जनाएको छ।

प्रअ महतोले ती विद्यार्थीलाई पहिले परीक्षा फारम नभरेको बताइरहेका थिए। तर ५÷७ हजार रुपैयाँ खर्च गरे प्रवेश पत्र उपलब्ध गराइदिने बताएका थिए।

ती विद्यार्थीले आफूले त्यति तिर्न नसक्ने भनेपछि प्रअ महतोले कम्तिमा दुई हजार रुपैयाँ तिरे मात्र प्रवेश पत्र उपलब्ध गराउने भनेका थिए। ती विद्यार्थीले अख्तियारमा पूर्व सूचना दिएर बुधबार प्रवेश पत्र लिन पुग्दा प्रअ महतो पक्राउ परेका हुन्।

प्रअ महतोले यस्तै बहानामा अन्य पनि एसईईका केही विद्यार्थीहरुबाट घुस लिएको विद्यालय स्रोतले जनाएको छ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: प्रहरीको नीति नलाग्ने घुमुवाको मस्ती !
बाइडेनको मन्त्रिमण्डलमा उपराष्ट्रपति ह्यारिससहित १५ वटा कार्यकारी विभाग प्रमुख
कोरोना विरुद्धको १० लाख मात्राको खोप नेपाल आईपुग्यो

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]