जनकपुर, ५ चैत । राजधानी काठमाडौंमा फेरी एक मधेसीको विभत्स हत्या गरिएको छ ।
काठमाडौं स्थित बल्खु तरकारी वजारमा कार्यरत महोत्तरी बेलगाछी निवासी उमेश महतोको हत्या भएको छ । महतो तरकारी वजारमा विगत ४ वर्ष देखि कार्यरत थिए।
गत माघ २८ गते हराएको महतोलाई आफन्तले खोजतलास गर्दा नभेटिएको र प्रहरीलाई जानकारी गराउदा कुनै चासो नलिएको पिडित परिवारको गुनासो छ। त्यसपश्चात गत फागुन ६ गते वल्खुस्थित वागमतीनदीमा महतोको शव फेला परेको थियो।
प्रहरी कार्यालयमा मृतका परिवारले निवेदन दर्ता गराउदा आनाकानी समेत गरेको पाइन्छ। भने दोषी अहिले सम्म अनुसन्धान को दायरामा आउन सकेको छैन र पिडित पक्षको कुरा नसुन्नु प्रहरी माथिको विश्वास लाई कम गर्नु नै हो, मृतक का भाई गौरव महतोको आक्रोश छ ।
मृतकका परिवारजनले घटनाको सत्य तथ्य छानबीन का लागि पत्रकार, मानव अधिकार र प्रशासनलाई अनुरोध गर्दै समाजिक संजालमा राखेको छ ।