पर्सा प्रहरीले यो दोस्रो पटक भन्सार क्षेत्रबाट ठूलो परिमाणमा मरिच बरामद गरेको हो। यसअघि पनि २०७५ जेठ २२ गते मरिच बोकेको युपी ७८ बिटी ३८०४ नम्बरको भारतीय ट्रक वीरगञ्ज रक्सौल नाकास्थित शंकराचार्यसमेत कटिसकेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। ट्रकमा प्लाष्टिकको बोरामा प्याकिङ गरिएको १२.२ टन मरिच थियो।