प्रदेश २ को नाम: मधेश प्रदेश पक्षमा ६० मत प्राप्त भएको छ । बहुमत पुगेनम । राजपा र सपाले मदेस प्रदेसको प्रस्ताब ल्याएपछी मतदानमा विपक्षमा ४६ र १ मत बदर भएको हो ।
मधेस प्रदेसका लागि क्रस भोटिंगको डरले नेकपामा बिबाद उत्पन्न भएको छ । कांग्रेस मैन देखिएको छ ।
यस अघि प्रदेश दुईको नामका लागि प्रस्तावित तीनवटै प्रस्ताव अस्वीकृत भएका छन्। नेपाली कांग्रेसका सांसद राजेश्वर साहले राखेको मध्यप्रदेश नामकाे प्रस्तावमाथि मंगलबार प्रदेशसभामा मतदान भएको थियो।
उक्त प्रस्तावका पक्षमा प्रदेशसभाका ४२ जनाले मतदान गरे भने विपक्षमा ६५ मत खसेको छ। प्रदेशको नाम राख्न दुई तिहाई मत चाहिन्छ।
यसअघि प्रदेशसभामा कांग्रेसले नै प्रस्ताव गरेको मिथिला भोजपुरा नाम पनि अस्वीकृत भएको थियो। कांग्रेसले राखेको प्रस्तावको पक्षमा २८ मत र विपक्षमा ७९ मत खसेको थियो। कांग्रेसबाट प्रदेश २ मा १९ सांसद छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रस्ताव गरेको जानकी नाम पनि अस्वीकृत भएको छ। नेकपाका ३२ सांसद प्रदेशसभामा छन्। जानकी नामका पक्षमा ३७ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको हो।
अहिले प्रदेशसभामा सत्तारूढ समाजवादी-राजपाले प्रस्ताव गरेको मधेश प्रदेश नाममाथि मतदान भइरहेको छ। प्रदेशसभामा एक सय सात जना सांसद छन्।
प्रदेशसभामा समाजवादीको ३०, राजपाको २५ सांसद छन्।