धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. ६ सिंग्याही मडानस्थि चुम्का चौकमा एक किराना पसलमा आज विहान आगलागी भएको छ ।
स्थानीय विजय महतोको किराना पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीले पसलमा रहेको किरानाका सम्पूर्ण समान जलेर नष्ट भएको छ ।
आगलागीले पसलमा रहेको करिव ५ लाख मूल्य बराबरको सर सम्मान जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । मंगलबार विहान करिव २ बजेको समयमा पसलमा आगलागी भएको आफुले जानकारी पाएको पसल संचालन विजय महतोले बताएका छन् । तत्कालै प्रहरीलाई खबर गरेको र प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो निभाइएको पसल संचालक महतोले बताए ।
पसलमा के कारण आगो लागेको भन्ने खुल्ल सकेको छैन् । तर स्थानीयबासिन्दाहरुले पसलमा कसैले आगो लगाएको हुन सक्ने आशंका गरेका छन् । यता आगलागी सम्बन्धमा अनुसन्धान भईरहेको त्यहाँका प्रहरीले जनाएको छ ।