About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
घरेलु मदिरा सेवनबाट मृत्यु भएका परिवारसंग भेटन मुख्यमन्त्री गाउँमा, ३/३ लाख दिइने मुख्यमन्त्री राउतको घोषणा

खोज केन्द्र सोमबार, चैत्र ०३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जनकपुरधाम ।  खुल्ला मदिरा सेवनले धनुषाको क्षिरेश्वरनाथ नपाको रमदैया सहितको स्थानमा खुल्ला मदिरा सेवनले मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३/३ लाख राहत उपलब्ध गराउने भएको छ ।

शोकमग्न रमदैया पुग्नु भएका मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारहरु प्रति समवेदना व्यक्त गर्दै प्रति मृतक ३÷३ लाख राहत रकम उपलब्ध गराउने घोषणा गर्नु भएको हो ।

खुल्ला विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्ने जो कोही लाई पनि कानूनको दायरामा ल्याउने प्रतिवद्धता जनाउनु हुँदै मुख्यमन्त्री राउतले घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको बताउनु भयो ।

प्रदेश सरकार चाडै प्रदेशलाई खुला मदिरा मुक्त घोषणा गर्ने तैयारीमा रहेको समेत बताउनु भयो ।

रमदैया पुगेको टोलीमा सहभागी आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले आजै सुरक्षा समितिको बैठक बसी खुल्ला मदिरा नियन्त्रणका साथै दोषी माथि कारबाहीको प्रक्रिया अगाडी बढाइने बताउनु भयो ।

रमदैया पुगेको टोलीमा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, पूर्व सभासद उर्मिला साह सहितको सहभागिता रहेको थियो ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]