About Contact
०७ बैशाख २०७८, मंगलबार
Close
बिज्ञापन
पूर्वआइजीपी सर्वेन्द्रकै शैलीमा आइजीपी सचिवालयबाट घुमुवा खटाइयो

खोज केन्द्र सोमबार, चैत्र ०३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

चार महिना २४ दिनका लागि आइजीपी नियुक्त भएका ठाकुरप्रसाद ज्ञवालीले पूर्वआइजीपी सर्वेन्द्र खनालकै शैलीमा विवादास्पद प्रहरी नायब निरीक्षक(सई) रमेश बजगाईको नेतृत्वमा घुमुवा टोली खटाएका छन् ।

बजगाईको नेतृत्वमा सई लोकेन्द्र पण्डित, विकास हमाल, हवल्दार रामचन्द्र पुडासैनी, जवान सन्तोष धमलालाई देशभरको घुमुवाका रुपमा खटाइएको छ । उनीहरुलाई विशेष ब्यूरोमा काजसरुवा गरी यही हप्ताबाट घुमुवाका रुपमा परिचालन गरिएको छ ।

बजगाई नेपाल प्रहरीको अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइवी)मा लामो समय कार्यरत रहँदा गुण्डानाइकेहरुसँग कनेक्सन भएका सई हुन् । बजगाई र पण्डितको टोलीलाई घुमुवाका रुपमा असुलीमा खटाउने डिजाइन महानगरीय प्रहरी आयुक्त कार्यालयका एसएसपी श्याम ज्ञवाली र आइजीपी सचिवालयका एसपी भूपेन्द्र खत्रीले गरेको प्रहरी स्रोत बताउँछ ।

एसएसपी धिरजप्रताप सिंह अपराध अनुसन्धान महाशाखाको प्रमुख हुँदा जेलभित्रका गुण्डानाइकेहरुसँग प्रहरीको कनेक्सन हुने र जेलभित्रैबाट अपराधको साम्राज्य संचालन हुने गरेको सूचना पुगेपछि गृहमन्त्रालयले छानबिन गर्न निर्देशन दिएको थियो ।

गृहको निर्देशनपछि अपराध अनुसन्धान महाशाखाले छानबिन गर्दा केही प्रहरी अधिकृतको कनेक्सन गुण्डानाइके रमेश बाहुन, समीरमानसिंह बस्नेतलगायतसँग देखिएको थियो ।

अपराध महाशाखाले जेलभित्रको अपराधी–प्रहरीको जालोको बारेमा गृह मन्त्रालयलाई रिपोर्ट नै दिएको थियो । त्यो रिपोर्टमा बजगाईको कनेक्सन गुण्डानाइकेसँग देखिएपछि तत्कालीन आइजीपी सर्वेन्द्र खनालले उनलाई सीआइबीबाट ट्राफिक प्रहरी महाशाखामा सरुवा गरेका थिए । केही अधिकृतहरुमाथि कारबाही गरिएको थियो । तर तिनै बजगाईलाई ठाकुर ज्ञवाली आइजीपी भएपछि घुमुवा टोलीको इन्चार्ज बनाइएको छ ।

घुमुवा टोलीका अर्का सई लोकेन्द्र पण्डित पनि गुण्डानाइकेहरुसँग कनेक्सन भएका भनेर कारबाहीस्वरुप काठमाडौं परिसरबाट केही महिनाअघि नुवाकोटमा सरुवा भएका थिए ।

तर बजगाई र पण्डितलाई आइजीपी ज्ञवालीको सचिवालयका एसपी भूपेन्द्र खत्रीले आफूमातहत राखी घुमुवाका रुपमा परिचालन गरेका छन् । जसरी विगतमा आइजीपी सर्वेन्द्र खनालले सई कृष्णदेव साहको नेतृत्वमा घुमुवा परिचालन गरेका थिए । साहको घुमुवा टोलीले देशभर जाने अख्तियारी पाएको थियो । तर उनीहरु प्रायः २ नम्बर प्रदेशका ८ जिल्लामा तस्करहरुसँग असुलीमै बढी केन्द्रित भएपछि विवादमा परेका थिए । खनाल पनि उनीहरुका कारण बदनाम भएका थिए । अहिलेका आइजीपी ज्ञवालीलाई पनि सचिवालयका एसपी खत्रीले बजगाईहरुलाई घुमुवा राखेर विवादमा पार्ने काम गरेका छन् ।

पूर्व आइजीपी खनालले उनको कार्यकालमा साहलाई पनि विशेष ब्यूरोमा काज राखी घुमुवाका रुपमा खटाएका थिए । सई साहको नेतृत्वमा आइजीपी सचिवालयबाटै असई रामरेख यादव, हवल्दार खुसीलाल यादवसहितको टोली खटाइएको थियो ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]