About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
कोरोना संक्रमणविरुद्ध लड्न सार्क एकजुट

खोज केन्द्र सोमबार, चैत्र ०३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध लड्न दक्षिण एसियाली राष्ट्र (सार्क) एकजुट भएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली राष्ट्रको साझा रणनीतिक योजना बनाउन गरेको प्र्रस्तावमा भएको भिडियो कन्फरेन्समा आठ मुलुक सहभागी भएका थिए ।

कन्फरेन्समा नेपाल, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, भुटान र अफगानिस्तानका राष्ट्रप्रमुख र प्रधानमन्त्री सहभागी थिए भने पाकिस्तानले भने स्वास्थ्यमन्त्रीलाई सहभागी गराएको थियो ।

कन्फरेन्समा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध जुध्न आपतकालीन कोषको प्रस्ताव गर्दै सार्क राष्ट्रको आपतकालीन कोषमा १ करोड रुपैयाँ अमेरिकी डलर दिने घोषणा गरे ।

मोदीले गम्भीर समस्या भोगिरहेकामा सार्क राष्ट्रहरू सहमत भएको र सबैले सँगै मिलेर काम गर्न जरुरी भएको उल्लेख गरे । मोदीले गरेको प्रस्तावमा सबै राष्ट्रले ऐक्यबद्धता जनाएका छन् ।

मोदीको प्रस्तावमा भएको सो कन्फरेन्समा सार्कलाई सक्रिय बनाउने विषयमा सात मुलुकले चासो देखाएका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्ध लड्न नेपाल सतर्क अवस्थामा रहेको बताए । प्रधानमन्त्री ओलीले यो महामारीको कुनै क्षेत्रीय र राजनीतिक सीमा नभएको र सबैको साझा चुनौती भएकाले सबैले सामान धारणा राख्नुपर्ने बताए ।

‘सार्कका जुनसुकै देशलाई आवश्यक पर्दा पनि पठाउन सक्ने गरी औषधि र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्नुपर्छ,’ उनले भने, ‘जनस्वास्थ्यको यस्तो महत्वपूर्ण विषयमा आपसमा सहकार्य गर्न क्षेत्रीयस्तरको संयन्त्र बनाउनुपर्छ ।’

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सार्कका सदस्य राष्ट्रहरूबीच सहकार्य गर्नुपर्नेमा जोड दिइन् । ‘सार्क चार्टरमै जनस्वास्थ्यका विषयमा सहकार्य गर्न सकिने उल्लेख छ,’ उनले भनिन्, ‘त्यसअनुसार हामी सहकार्य गर्न सक्छौं ।’
सार्क भिडियो कन्फरेन्समा सहभागी हुँदै श्रीलंकाका राष्ट्रपति गोटावाय राजपक्षले कोरोना (कोभिड–१९) नियन्त्रण र रोकथाम नै सार्क क्षेत्रको मुख्य चुनौती भएको बताएका छन् । उनले आफ्नो मुलुकमा कोरोना नियन्त्रणका लागि पर्यटक आवागमनलाई बन्द गरेको बताए ।

युरोप, कोरिया र इरानलगायत मुलुकका यात्रुलाई बन्द गरेको उनको भनाइ छ । रोग रोकथामका लागि आफ्नो मुलुकका स्कुल, क्याम्पस र विश्वविद्यालय बन्द गरेको उनले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]