जनकपुर, १ चैत । धनुषामा मदिरा सेवनबाट मृत्यू भएका परिवारजनलाई भेटन पुर्वमन्त्री तथा धनुषा निर्वाचन क्षेत्र न.४ का सांसद रघुबिर महासेठ घरमै पुगेका छन ।
महासेठ संगै मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो, मिथिला बिहारी नपा मेयर अनिल कुमार यादव , सिडियो प्रदिप कनेल तथा सम्बन्धि वडा अध्यक्ष श्याम यादव र नेकपा जिल्ला अध्यक्ष राजकिशोर यादवको टोलि सहित लिएर धनुषाको क्षिरेश्वर नगरपालिका २ रमदैयामा होलिमा मदिरा सेवन गरि मृत्यु भएको घटना स्थल र मृतक परिवारको घरमा पुगेर मृतकप्रती श्रद्धाञ्जली , दुखित परिवारलाई सहानुभूति दिदै राहत उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका छन ।
सथै उपचारका लागि रमदैयामा भर्ना भएको बिरामीहरुलाई भेटदै उपचारमा कमि हुन नदिन अस्पताल प्रमुखलाई निर्देशन दिएका छन ।