अन्तराष्ट्र्रि समय अनुसार छोटो दिन डिसेम्बर २१ अथवा २२ तारिख मध्ये कुनै एक दिन पर्ने गरेको छ । अंग्रेजीमा यसलाई विन्टर सोल्सटाइस भनिन्छ । सूर्य सीधै मकर रेखामाथि हुँदा विन्टर सोल्सटाइस हुने वैज्ञानिकहरु बताउछन् । नेपाल खगोलीय समाजका अनुसार दिन छोटो भएसंगै आजदेखि औपचारिक रुपमा जाडो शुरु भएको मानिन्छ ।
पृथ्वीमा ऋतु परिवर्तन हुनुका एक मात्र कारण भनेको पृथ्वी झुकेको अक्षमा घुमेकाले गर्दा हो । त्यसकारण वर्षको आधा समय सूर्य उत्तरी ध्रुवतर्फ झुक्छ भने बाँकी आधा समय दक्षिणी ध्रुवतर्फ घुम्ने गरेको वैज्ञानिक विनिल अर्याल वताउँछन् । उनका अनुसार सूर्यको झुकाव अधिक भएको ठाउँमा सूर्य प्रकाश बढी पुग्छ र गर्मी हुन्छ । त्यस्तै सूर्यको प्रकाश कम पुगेको ठाउँमा जाडो हुन्छ । पृथ्वी आफ्नो अक्षमा साढे २३ डिग्री झुक्दा सूर्यको दूरी उत्तरी गोलार्धभन्दा बढी हुन्छ , उनले भनेर्, विन्टर सोल्सटाइसका बेलामा दक्षिणी गोलार्धले सूर्यको प्रकाश बढी पाउँछ । उनका अनुसार दक्षिणी गोलार्धमा रहेका अस्ट्रेलिया जस्ता देशमा यतिखेर गर्मी हुन्छ र उत्तरी गोलार्धमा चाहिँ जाडो हुन्छ र दिन छोटो, रात लामो हुन्छ ।