About Contact
२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
धनुषामा घरेलु मदिरा सेवन गर्दा १५ जनाको मृत्यु, जिल्लानै शोकमा

खोज केन्द्र शनिबार, चैत्र ०१, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषामा घरेलु मदिरा सेवन गर्दा १५ जनाको मृत्यु भएको छ ।  क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा घरेलु मदिरा सेवनबाट १२ जनाको ज्यान गएको भोलिपल्ट मुसहरी टोलमा घरेलु मदिरा सेवनबाट ३ जनाको मृत्यु भएको छ। त्यस्तै मदिरा सेवनबाट अन्य ५ भन्दा बढी बिरामी भएका छन्।

जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलका तीन जनाको विषाक्त घरेलु मदिरा सेवनबाट शनिबार बिहान मृत्युको भएको हो।

मृत्यु हुनेहरुमा देवी सदा, मिथिला सदा र झगरु सदा रहेको स्थानीयवासी बिक्की सदाले जानकारी दिए। मिथिला र झगरुको शनिबार बिहान मृत्यु भएको हो भने देवी सदाको शुक्रबार बेलुका निधन भएको सदाले जानकारी दिए। उनका अनुसार उनीहरुले बिहीबार र शुक्रबार मदिरा सेवन गरेका थिए। मदिरा सेवन गरेकाहरु अहिले धमाधम बिरामी हुन थालेका छन्। अहिलेसम्म पाँच जनाभन्दा बढी बिरामी भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार बताइएको छ।

अहिलेसम्म प्रहरी घटनास्थल नपुगेको स्थानीयवासीको भनाइ छ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा अव‌ैध घरेलु मदिरा सेवनबाट शनिबार बिहानसम्म १२ जनाको मृत्यु भइसकेको छ भने अन्य ५ सिकिस्त छन्। यससँगै धनुषामा घरेलु मदिरा सेवनबाट मर्नेको संख्या १५ पुगेको छ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको अध्यक्षको उम्मेदवार महासेठको पक्षमा उर्लियो ब्यापारी
प्रदेश सरकारको राहत गोदाममै कुहियो, नगरपालिकाद्वारा रातिमा फाल्यो
मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]