About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
धनुषामा मदिरा सेवनबाट पाँच जनाको मृत्यु

खोज केन्द्र शुक्रबार, फाल्गुण ३०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम : धनुषामा मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-२ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको हो।

होली पर्वमा अत्यधिक घरेलु मदिरा सेवन गरेका पाँचै जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ।

मृत्यु हुनेहरुमा क्षिरेश्वरनाथ नगरपालिका-२ रमैदयाका ३० वर्षीय राजु महरा, रामनारायण महरा, ३५ वर्षीय ब्रहमदेव यादव, ३६ वर्षीय गुदरी महरा र ४२ वर्षीय बिलास मण्डल रहेको प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए।

मृतकहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा ल्याएको जनाएको छ।

घटनाको अनुसन्धानमा मृतकहरुको घरपरिवारसँग सोधपुछ जारी रहेको प्रहरीको भनाई छ। अघिल्लो वर्ष दशैंमा घरेलु मदिराको कारण आधा दर्जन व्यक्तिको मृत्यु भएको थियो।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]