About Contact
०९ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
बालबालिकालाई छापामार तालिम दिँदै विप्लव

दिपक खरेल/हिमाल खबर बिहिबार, फाल्गुण २९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

करिना मोक्तान (वर्ष अन्दाजी १४\१५) धनुषाको गणेशमानचारनाथ नगरपालिका वडा नम्बर ५, गौरी खोलास्थित घरमा थिईन । बुवा लालबहादुर मोक्तान र श्रीमती सिन्धुलीको दुधौलीमा आफ्ना बुवाको काजक्रियाका लागि गएका थिए। करिनाको जिम्मा गौरीखोलाको गाईगोठ थियो ।

२८ फागुन, बुधबार करिब तीनबजे एउटा युवाहरुको समुह उनको गोठमा आईपुग्यो । सबैले मिलेर खाना पकाए । खाए । उनीहरु हातहतियार र गोलाबारुद सहित थिए । जसमा दुई–तीनजना बाहेर सबै करिनाकै उमेरका थिए ।

करिना गोठमा एक्लै थिइन् । उनीहरु समूहमा थिए । एकअर्कासँग भर्खरै परिचितजस्ता उनीहरु धेरै बोलिरहेका थिएनन्। समूहमा रहेका एकजना ४५ वर्ष र अर्का २८ वर्षे युवाले जे भन्छन् सबैले मानिरहेका थिए। अब खाना खाएर केही समय सुस्ताएपछि उनीहरु करिनालाई लिएर त्यहाँबाट हिँडे।

“पीडितले प्रतिकार गर्ने अवस्था थिएन । उनीहरुले फकाएको र धम्क्याएको दुवै हुन सक्छ,” प्रदेश २ प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्की भन्छन्, “बुवाले छोरी अपहरणको सूचना दिएपछि प्रहरी परिचालन भएको थियो।”

डीआईजी कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानमा करिनालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले लडाकू दस्तामा समावेश गराउन लगेका थिए।

प्रहरीले बिहीबार दिउँसो उदयपुरको कटारीबाट नियन्त्रणमा लिएका पीडित बालिका सहित १५ जनाका साथबाट जनयुद्ध आधारभूत तह तालिम निर्देशिका २०७५ र जनक्रान्ति नामक पुस्तक, दस्तावेज र डायरी बरामद गरेको थियो ।

“तालिमका लागि पूर्वी पहाडी वा हिमाली जिल्ला लगिदै थियो कि भन्ने आशंका हो,” उदयपुर प्रहरी प्रमुख एसपी वीरबहादुर बुढाले भने, “थप अनुसन्धान अब धनुषा प्रहरीले गर्नेछ।”

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले बाल लडाकू भर्ना गरेको, तालिम दिएको र सशस्त्र विद्रोहमा परिचालन गरेको मुद्दा अहिले पनि संक्रमणकालीन न्यायको सिद्धान्त अनुसार निरुपण हुन सकेको छैन।

करिनालाई अपहरण शैलीमा विप्लवका कार्यकर्ताले धनुषाबाट उदयपुरको कटारी नगरपालिका खसिबासस्थित जंगलमा लगेका थिए। प्रदेश प्रहरीले यसबीच सिरहाको मिर्चैयाका डीएसपीको कमाण्डमा एउटा टोली परिचालन गरेको थियो।

उनीहरुको समूह खसिबासको जंगलमा रहेको र हातहतियार सहित रहेको सूचना बिहीबार ३ बजेर १० मिनेटमा प्रहरीले पाएपछि अपरेशन शुरु भएको थियो। जसमा सशस्त्र प्रहरी बेस कटारीका निरीक्षक र इलाका प्रहरी कार्यालय कटारीका निरीक्षक संलग्न भए।

“हामीले १२ वर्षदेखि २८ वर्षसम्मका विभिन्न जिल्लाका युवायुवतीलाई नियन्त्रणमा लिएर धनुषा प्रहरीमा पठाएका छौं,” एसपी वीरबहादुर बुढाले हिमालखबरसँग भने, “नियन्त्रणमा लिएका युवायुवती एकअर्कासँग अपरिचित र विभिन्न जिल्लाका छन्।” उनका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय कटारीबाट करीब ३० किलोमिटरको दूरीमा छ।

प्रहरीले इलामका मुस्कान राई (२०), इटहरीका विवेक खड्का (२८), सर्लाही लालबन्दी बस्ने रिता कार्की (१६), ताप्लेजुङका बस्ने विकास राई (२०), इलाम बतासेका आयुस मगर(१७), उदयपुर ताप्ली गाउँपालिकाका अविनास तामाङ (१८), उदयपुर गाईघाटका आशीष लामा (२०), ताप्लेजुङकी रञ्जना राई (१६), धनकुटा पाख्रीबास नगरपालिकाकी अनिता राई (१९), कैलालीकी अनुस्का राउत (१९), मोरङ आइतबारेकी सपना राई (१७), भोजपुरका मणिराज राई (४५), मोरङका आशीषा श्रेष्ठ (१५) र १२ वर्षका सिन्धुली मरिन गाउँपालिका ज्यमिरेका ईश्वर पुलामी मगरलाई नियन्त्रणमा लिएको हो।

उनीहरुका साथबाट सकेट बम ११ थान, प्रेसर कुकर बम १ थान, ठूलो चाइनिज पेस्तोल ३ थान, म्यागेजिन ३ थान, र गोली ९ राउण्ड फेला पारेको छ ।

एसपी बुढाले बरामद भएका बमहरु तयारी अवस्थामा रहेकाले नेपाली सेनाको बम डिस्पोजेवल टोली बोलाएर बिहीबार राति नै डिस्पोज गरिएको छ ।

उदयपुरमा भेटिएकाे बिस्फाेटक पदार्थ 

सरकारले २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएपछि तालिमे लडाकू दस्ता फेला परेको यो पहिलो पटक हो ।

प्रहरी अधिकारीहरुका अनुसार एकपछि अर्को प्रहरी कारबाहीमा आफ्ना केन्द्रीय नेता, विशेष दस्ता र जिल्ला तह समेत पक्राउ परेपछि विप्लव समूहले नव युवायुवती र बालबालिका समेतलाई सशस्त्र विद्रोहका लागि तालिम दिइरहेको हो।

अन्तर्राष्ट्रिय बालअधिकार महासन्धि विरुद्धको अपराध

विप्लव समूहको यो गतिविधि पुष्टि भएमा उसले अन्तर्राष्ट्रिय बालअधिकार महासन्धि विरुद्धको अपराध गरेको ठहरिने छ । नेपाल सरकारले २९ भदाै‌ २०४८ मा अन्तर्राष्ट्रिय बालअधिकार महासन्धि विरुद्ध अनुमोदन गरेर पक्ष राष्ट्र बनेको छ । यस अतिरिक्त नेपालले दुई वैकल्पिक अभिसन्धिमा पनि २३ भाद्र २०५९ मा हस्ताक्षर गरेको छ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले बाल लडाकू भर्ना गरेको, तालिम दिएको र सशस्त्र विद्रोहमा परिचालन गरेको मुद्दा अहिले पनि संक्रमणकालीन न्यायको सिद्धान्त अनुसार निरुपण हुन सकेको छैन ।

सोही दलमा आबद्ध भएर १० वर्ष सशस्त्र विद्रोह गरेको विप्लव स्वयमले भने आफूले नेतृत्व गरेको दलका लागि बाल लडाकू बटुलिरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको हो।

गतिविधि पुष्टि भएमा उसले अन्तर्राष्ट्रिय बालअधिकार महासन्धि विरुद्धको अपराध गरेको ठहरिने छ। नेपाल सरकारले २९ भदाै‌ २०४८ मा अन्तर्राष्ट्रिय बालअधिकार महासन्धि विरुद्ध अनुमोदन गरेर पक्ष राष्ट्र बनेको छ।

 

प्रहरीको विशेष ब्यूरोले विप्लव समूहले विशेष दस्ता सहित फौजी कारबाहीको तयारी गरिरहेको सूचना करीब दुई वर्ष अघि नै सरकारलाई दिएको थियो।

प्रहरीले विप्लवका केन्द्रीय तहका २५९ जना नेता हालसम्म पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार स्थायी समिति सदस्य र मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन), मध्य पश्चिम कमाण्ड इन्चार्ज चन्द्र बहादुर चन्द (बिरजंग), पोलिट ब्यूरो सदस्य भरतबहादुर बम र जनवर्गीय संगठन ब्यूरो इन्चार्ज मोहनबहादुर कार्की (जीवन्त) रहेका छन्।

पक्राउ परेकामध्ये केही केन्द्रीय नेता रिहा भए पनि विप्लव समूहसँगको आबद्धता तोडेर अन्य दलमा जाने तथा निष्कृय जीवन बिताइरहेका छन्।

सम्बन्धित

ताजा अपडेट
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]