About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
विप्लव नेतृत्वको नेकपाका १३ जना कार्यकर्ता हतियार सहित पक्राउ

खोज केन्द्र बिहिबार, फाल्गुण २९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जनकपुर, २९ फागुन । प्रहरीले उदयपुरबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका १३ जना कार्यकर्तालाई हतियार सहित पक्राउ गरेको छ । प्रहरीले उनीहरूसँग तीन थान साना हतियार, गोलाबारुद, बम र गोली फेला परेको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले जानकारी दिएका छन् ।

गत २८ फागुनमा धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ बाट १४ वर्षीया बालिकाको अपहरण भएको थियो ।

त्यसपछि प्रदेश २ प्रहरीले अपहरित बालिकाको खोजीमा  एसपीको कमाण्डमा ८० र सशस्त्र प्रहरीका ३० जना खटाएको थियो ।

बालिकालाई लडाकू बनाउन अपहरण गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा  खुलेको जनाइएको छ ।

प्रहरीले संयुक्त कारवाहीमा ८ पुरूष र ५ महिलालाई उदयपुरको  कटारीबाट नियन्त्रणमा लिएको हो ।

प्रदेश २ प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले सिन्धुली घर भई धनुषा गाईगाेठमा काम गर्न बसेकी बालिकालाई लडाकूमा भर्ना गर्न लगेकाे बताए ।
उनले पक्राउ परेका १३ जनाकाे पहिचान र बरामद दस्तावेजका बिषयमा अनुसन्धान भइरहेकाे बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]