कौडीको भाउमा नेपाल ट्रस्टको सम्पत्ति
तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको नाममा रहेको साढे २१ हजार रोपनी जग्गा र ती जग्गामा भएका संरचना नेपाल ट्रस्टको नाममा छन् । १ पुस ०६४ को मन्त्रिपरिषद्ले पूर्वराजपरिवारको सम्पत्ति सरकारमातहत ल्याउने निर्णय गरेपछि नेपाल ट्रस्टमातहत आएका थिए । नारायणहिटी दरबारसँगै गोकर्ण रिसोर्ट, काठमाडौं प्लाजा, टेकुस्थित बिजनेस पार्क, कालिमाटीको सोल्टी आउटर कम्प्लेक्स, काठमाडौं उपत्यका खानेपानी लिमिटेडको भवनलगायत ट्रस्टमा छन् । नारायणहिटी दरबारलाई संग्रहालय बनाइएको छ भने अन्य सबै जग्गा र संरचना ट्रस्टले भाडामा लगाएको छ । तर, राजधानीका व्यापारिक केन्द्रमा रहेका ती संरचना ट्रस्टले कौडीको भाउमा भाडामा लगाएको छ ।
नेपाल ट्रस्टको संरक्षक प्रधानमन्त्री हुन्छन् । ट्रस्टको सञ्चालक समिति सात सदस्यीय हुने व्यवस्था छ । सञ्चालक समितिको अध्यक्ष प्रधानमन्त्रीले तोकेको मन्त्री हुने प्रावधान छ । अहिले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सो समितिको अध्यक्ष छन् ।
त्यस्तै, सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. हरि पौडेल, नेपाल ट्रस्टको कार्यालयका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुर र ट्रस्टकै सहसचिव राजेश्वर ज्ञवाली छन् । ज्ञवाली ट्रस्ट सञ्चालक समितिको सदस्यसचिवसमेत हुन् । त्यस्तै, एक महिलासहित तीन सदस्य सरकारबाट मनोनीत हुने व्यवस्था छ । सीताराम सापकोटा, प्रवीण दाहाल र योङजोम शेर्पा मनोनीत सदस्य हुन् ।
ट्रस्ट भन्छ– चलनचल्तीको भाडामा दिएका छौँ : अमृत महर्जन, सूचना अधिकारी
जग्गा बेचेको होइन निमयमअनुसार नै भाडामा दिएको हो । चलनचल्तीको भन्दा कुनै हालतमा सस्तोमा दिएको छैन । बहाल तिर्नै नसकेर कतिपटक रोइकराइ गर्न आएको मलाई नै थाहा छ । कतिपय सम्पत्ति धेरै पहिलेदेखि भाडामा दिएको हो, त्यही सम्झौताअनुसार निरन्तर छ ।
टेकुमा १९ रोपनी १२ आनामा बनेको बिजनेस पार्कको मासिक भाडा ३ लाख ३३ हजार
वार्षिक भाडादर
लाजिम्पाटको ६ रोपनी १३ आना जग्गा स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई मासिक ८ लाख ६४ हजार भाडामा
वार्षिक भाडादर :
गरिबी निवारण कोष र सार्वजनिक खरिद तथा अनुगमन कार्यालयलाई ३८ रोपनी लिजमा
निजामती आवासीय विद्यालय/चुलिवन, धनकुटा
काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २ रोपनी १२ आना लिजमा
५ रोपनी ६ आनामा बनेका सोल्टी होटेलअघिको सोल्टी आउटर कम्प्लेक्सका सात सटर लिजमा : भाडा मासिक १ लाख २८ हजार ८ सय
तस्बिर : विनोद विष्ट/संजित परियार