About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
भारतको बिहार र उत्तरप्रदेशमा कोरोना संक्रमणको पुष्टि, नेपाली सीमामा हाई अलर्ट

खोज केन्द्र बिहिबार, फाल्गुण २९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपालको उत्तरी छिमेकी चीनमा कोरोना भाइरसकाे संक्रमण दर कम हुँदै गइरहे पनि दक्षिणी छिमेकी भारतमा संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। भारतभरि कोरोना भाइरस संक्रमित पुष्टि भएकाहरूको संख्या ७३ पुगेको छ ।

नेपालसँग सिमाना जोडिएका भारतका बिहार र उत्तरप्रदेश नेपालका लागि संवेदनशील क्षेत्र हुन् । कोरोनाले अब उत्तरप्रदेश र बिहारमा पनि प्रभाव फैलाउन थालेको छ ।

उत्तरप्रदेशको राजधानी लखनऊमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको छ । क्यानडाबाट लखनऊमा आफन्त भेट्न आएकी एक महिला डाक्टरमा कोरोना संक्रमणको पुष्टि भएको छ। यसैगरी बिहारमा पनि कोरोना भाइरसका पाँच संदिग्ध फेला परेको बताइएको छ । यी मध्ये दुई पटनाका र बाँकी तीन फारबिसगंज, औरंगाबाद र समस्तीपुरका भएको बताइएको छ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषित गरेपछि भारतको हरियाणा राज्यले पनि महामारी घोषणा गरेको छ। कोरोना भाइरसलाई महामारी घोषणा गर्ने यो पहिलो भारतीय राज्य हो ।

विश्वभरि कोरोना भाइरस संक्रमितको संख्या १ लाख २६ हजार नाघिसकेको छ भने मृतकको संख्या पनि ४ हजार ६२४ पुगेको छ ।

। भारतले संक्रमण कम गर्न १५ अप्रिलसम्म विदेशीहरू सबैको भीसा निलम्बित गर्ने निर्णय गरेको छ। यसैगरी आवश्यक नपरी यात्रा नगर्न नागरिकमा अपिल गरेको छ।–एजेन्सी

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]