About Contact
०९ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
आतङ्ककारी ! प्रचण्ड कि विप्लव

खोज केन्द्र बिहिबार, फाल्गुण २९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

मुलुकको राजनीतिमा विभिन्न प्रकारका घटना तथा परिघटनाहरु आईरहन्छन् । कहिले तिनै विचार र सिद्धान्तहरु राष्ट्रवादी हुन सक्छन् त कहिले राष्ट्रद्रोही । नेपालमा देखिएका राजनीतिक विचार र सिद्धान्तहरु कुनैबेला राजा महाराजाहरुले मात्रै उपयोग गरे भने कहिले नागरिकसम्म पनि आईपुग्यो ।

जब जनताका छोराछोरीहरुले आफ्ना विचार र सिद्धान्तहरुलाई आम नागरिकमा पुर्याउन थाले, स्वतन्त्रताका बिगुलहरु फुक्न थाले, ईनक्लाव जिन्दावाद भन्न थाले तब तत्कालिन शासकहरुलाई यी कुरा राष्ट्र बिरोधी लाग्यो । आफ्नाबिरुद्ध उठेका नागरिकका आवाजलाई सम्बोधन गर्नुको सट्टा नागरिकलाई देशद्रोहीको रुपमा कसैलाई झुण्ड्याईयो त कसैलाई गोली हानेर मारियो । त्यसबेलाका शासकलाई आफ्नाे बिरोध गर्ने जति सबै राज्यसत्ता बिरोधी झै लाग्यो ।

राज्यसत्तामा आसिन जति राष्ट्रवादी र राज्यसत्ताको काम कारवाहीको बिरोध गर्ने जति राष्ट्रद्रोहीको परिभाषामा पर्न गएको देखिन्छ । यसबाट यो देशमा को सच्चा राष्ट्रवादी र को राष्ट्रद्रोही हो भनेर छुट्याउन सक्ने भरपर्दो आधार देखिदैन ।

जब जनताहरुले राज्यसत्ता र निरंकुशतामाथि क्रमिक रुपमा प्रहार गरे त्यसप्रकारको स्वतन्त्रताको नागरिक आन्दोलनलाई शासकहरुले धान्न सकेनन् । मुलुकमा रहेको बिद्यमान व्यवस्था ढल्यो ।

हिजो त्यही राज्यसत्ताले देशद्रोहीको रुपमा आरोप लगाएकाहरु अब सच्चा राष्ट्रवादीका रुपमा मुलुकमा देखिए । अनि हिजोका राज्य सञ्चालकहरु बिद्यमान व्यवस्थाका बिरोधी ।

यसरी नै कहिले २००७ सालमा, कहिले २०१७ सालमा, कहिले २०४६ सालमा त कहिले २०६३ साल हुँदै यहाँसम्म आईपुगेको हो । यसले राज्यसत्तामा आसिन जति राष्ट्रवादी र राज्यसत्ताको काम कारवाहीको बिरोध गर्ने जति राष्ट्रद्रोहीको परिभाषामा पर्न गएको देखिन्छ । यसबाट यो देशमा को सच्चा राष्ट्रवादी र को राष्ट्रद्रोही हो भनेर छुट्याउन सक्ने भरपर्दो आधार देखिदैन ।

निर्दलीय व्यवस्थामा प्रतिपक्ष नहुने हुँदा सबै सरकार पक्ष भएर विकासका काममा सबैको समान सहभागिता देखियो र मुलुकले केही भएपनि विकासको अनुभूति गर्न पायो । केही व्यक्तिहरु जसले व्यवस्थाको बिरोध गरे उनीहरुलाई देशद्रोही या अर्राष्ट्रिय तत्व भन्दै विभिन्न यातना तथा कारागारको सजायसम्म दिईयो । तिनै देशद्रोही या अर्राष्ट्रिय तत्व भनिएका व्यक्तिहरु सरकारमा आउँदा उनीहरु कट्टर राष्ट्रवादी र अरु सबै व्यवस्था बिरोधी देखिए । दलीय व्यवस्थामा रहेको सरकार र प्रतिपक्षको व्यवस्थाले सरकारले जनताका काम गर्ने विपक्षीले सधैं बिरोध मात्रै गर्ने काम हो भन्ने अभ्यासमा देश गएकोले देश विकासमा सबैको समान सहभागिता रहेको पाईएन । यसको अर्थ दलीय व्यवस्था खराव भन्न खोजेको चाँही किमार्थ होईन तर सबैले मिलेर देश विकास गरौ भन्ने सोचको यसमा कमी देखिएको चाँही पक्कैै हो ।

त्यस अवस्थामा तत्कालिन सरकार राष्ट्रवादी भयो अनि बिद्रोहको नेतृत्व गर्ने दल आतङ्ककारी । समयको गतिशिलतासँगै तिनै सरकार सञ्चालन गर्ने दलहरुले आतङ्ककारी घोषणा गरेको दलसँग सहकार्य गर्ने संझौता गर्यो । सँगै जनआन्दोलन गर्यो । त्यसपछि हिजोका आतङ्ककारी भनिएका दलहरु एकाएक घोर राष्ट्रवादी दलमा परिणत भए । हिजोको हाम्रो अभ्यासलाई फर्केर हेर्ने हो भने हामीले भोलीको पनि अनुमान गर्नुपर्ने अवस्था चाहि जीवितै छ भनेर अनुमान लगाउन सकिन्छ ।

कुनै समय देशमा बिध्वं·सात्मक कार्य गर्ने राजनीतिक संगठनहरु आए । जसको नाम सुन्दै नागरिकको सातोपुत्लो जान्थ्यो । सरकार र सरकारका सुरक्षा निकायहरु पनि त्राहिमाम हुन्थे । राजनीतिक दलहरु पनि थर्कमान हुन्थे भने कर्मचारी, व्यापारीदेखि ज्याला–मजदुरी गरेर खानेसम्मको भालेसातो जान्थ्यो । आमनागरिक ढुक्कले नत निदाउन सक्थे नत खान नै । नत निर्धक्कसाथ हिडडुल गर्नसक्थे नत स्वतन्त्रतापूर्बक विचार व्यक्त गर्न सक्थे । एउटा राजनीतिक दलले तमाम राष्ट्रलाई विध्वंङ्गस मच्चाईरहेको थियो । जसलाई सरकारले प्रतिबन्ध समेत लगायो । त्यस अवस्थामा तत्कालिन सरकार राष्ट्रवादी भयो अनि बिद्रोहको नेतृत्व गर्ने दल आतङ्ककारी । समयको गतिशिलतासँगै तिनै सरकार सञ्चालन गर्ने दलहरुले आतङ्ककारी घोषणा गरेको दलसँग सहकार्य गर्ने संझौता गर्यो । सँगै जनआन्दोलन गर्यो । त्यसपछि हिजोका आतङ्ककारी भनिएका दलहरु एकाएक घोर राष्ट्रवादी दलमा परिणत भए । हिजोको हाम्रो अभ्यासलाई फर्केर हेर्ने हो भने हामीले भोलीको पनि अनुमान गर्नुपर्ने अवस्था चाहि जीवितै छ भनेर अनुमान लगाउन सकिन्छ ।

नागरिकको नजरमा गन्हाई सकेका र सरकारको नजरमा अझै पनि शालिग्राम कहलिएका ब्यक्तिको घरमा भएको यस्तो बिष्फोटनले नागरिकमा कठै भन्ने आवाज नआउनु र स्वयं हिजोको आफ्नै क्रान्तिकारी सहयोद्धाबाट सरकारको आधिकारिक धारणा भन्दा अगाडि नै आतंककारी गतिबिधि भएको भन्दै कडा प्रतिक्रिया आउनु के श्याल पनि कराउनु, घोर्ली पनि हराउनु जस्तै त हैन ?

प्रचण्डलाई र विप्लवलाई हामीले कुन अर्थमा फरक राजनीतिक विचार र सिद्धान्त भएको पार्टी या संगठन मान्ने ? एउटै उद्गमस्थलबाट उत्पत्ति भएका दुई भंगालोलाई एउटालाई पबित्र गंगा र अर्कोलाई दुर्गन्धित नदी त भन्न सुहाउँदैन । दुबै नदीले जनताका खेतबारीमा सिंचाई पुर्याउन नसकेको भने पक्का हो । सके त केवल दुबै किनाराका किसानका खेतलाई कटान गर्न र भत्काउन । सके त केवल किनारामा बितण्डा मच्चाउन । यी दुबै धारले जनतालाई बसोबास गराउन भन्दा नदी कटानका समस्या सिर्जना गर्दै घरखेत उठिबास गर्न मात्रै निरन्तर रुपमा बगिरहेको देखिन्छ । जसलाई कुनै तारजालीको छेकेबारले छेक्दैन, पक्की बाँध निर्माणले समेत रोक्दैन । यसैले यी दुबै दललाई जनताले बिस्तारै पाखा लगाउने तैयारी गरिरहेका त छैनन ?? यसैको खराव सपना त देखिरहेका त छैनन दुवै दलहरुले ? एउटै म्यानका दुई तरवारले आलोपालो एउटाले अर्कोलाई आतंककारीको बिल्ला भिराउने बक्तब्यबाजीले नागरिकमा कुनै दूरगामी प्रभाव पार्न नसक्ने चाँही पक्का छ ।

मुलुकमा बिद्यमान रहेको व्यवस्था भन्दा फरक धारको राजनीतिमा क्रियाशिल रहेको नेकपा माओवादी विप्लव समूहले नागरिकको व्यक्तिगत सम्पत्तिमा या सार्वजनिक सम्पत्तिमा प्रत्यक्ष वा परोक्ष रुपमा क्षति पुर्याउनु नहुने हो । यसले उसले सञ्चालन गरिरहेका आफ्ना राजनीतिक गतिबिधिहरुलाई समेत आम नागरिकमा नकारात्मक सन्देस जानसक्छ । तर नागरिकको नजरमा गन्हाई सकेका र सरकारको नजरमा अझै पनि शालिग्राम कहलिएका ब्यक्तिको घरमा भएको यस्तो बिष्फोटनले नागरिकमा कठै भन्ने आवाज नआउनु र स्वयं हिजोको आफ्नै क्रान्तिकारी सहयोद्धाबाट सरकारको आधिकारिक धारणा भन्दा अगाडि नै आतंककारी गतिबिधि भएको भन्दै कडा प्रतिक्रिया आउनु के श्याल पनि कराउनु, घोर्ली पनि हराउनु जस्तै त हैन ? या यसलाई जनताले पानीमन्त्रीको नाममा बजारमा आईरहेका अस्पष्ट समाचारलाई अन्यत्रै बिषयान्तर गराउन प्रहार गरिएको छेप्यास्त्र त हैन ? भनेर पनि नागरिक स्तरमा गाँईगुँई हुन थालेको छ ।

नेकपाको परिकल्पना जसरी गरिएता पनि प्रचण्डले यसलाई एमालेको ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने रणनीति भने बनाएकै हुन । तराईमा बाबुराम र जंगलमा विप्लवको योजनामा बिस्तारै पूर्णबिराम लाग्न थालेको आभाष पाएपछि र प्रचण्ड नेकपाभित्र पनि संख्यात्मक रुपमा सवल तथा ब्यवस्थापनका पक्षमा दुर्बल देखिदै गएपछि र आफ्ना अभियानहरुमा बिस्तारै एकपछि अर्को असफलता प्राप्त हुदै गएपछि या भनौं सफल हुने सम्भावना नदेखिएपछि प्रचण्ड पानी बिनाको माछो झै हुनु कुनै अनौठो कुरा भने होईन । उनले प्रयोग गरिरहेका हतियारहरु बिस्तारै खिया लाग्न थालेका त हैनन ? या उनले जनयुद्धमा जस्तो अहिले कुन ठाँउमा कसरी हतियार प्रयोग गर्ने भन्ने कुरा नै जानेनन् ?

आम नागरिकले भने यसलाई सुक्ष्म रुपमा हेरिरहेका छन् । राजनीतिमा एकपटकको पराजयबाट कहिल्यै पनि नेतृत्वपंक्ती हार खाएर भने पछाडि हटदैन । यसैकारण सिंहले आँखा चिम्लियो भन्दैमा उ निदाएको नै भन्न चाँहि मिल्दैन । उसले आँखा चिम्लिएको नाटक गर पनि उसका आफ्ना कान र नाक भने सधैं खुल्ला नै राखेको हुन्छ । यसलाई राजनीतिक भाषामा अथवा क्रान्तिकारी भाषामा सायद शक्ति सञ्चय भनिन्छ होला ।

सम्बन्धित

ताजा अपडेट
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]