About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
महोत्तरीमा एक करोड ६१ लाख ७६ हजार रुपैयाँ हिनामिना, दुई जना पक्राउ

खोज केन्द्र बिहिबार, फाल्गुण २९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

महोत्तरी । नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखा पिपराको एक करोड ६१ लाख ७६ हजार रुपैयाँ हिनामिना गरेको भन्दै महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका ३ का २६ वर्षीय बद्रीनारायण तवदार र जहदा गाउँपालिका ३ का ३१ वर्षीय दीपककुमार कर्ण रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक केदार बस्नेतले बताए ।

तवदार नेरुडे लघुवित्त वित्तीय संस्थाका वरिष्ठ उत्प्रेरक र कर्ण सहायक उत्प्रेरक हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बस्नेतका अनुसार दुवै जनाले नक्कली ऋणी बनाएर झुठा विवरण तयार पारी कर्जा लगानी देखाई र सदस्यहरुबाट मासिक सावा किस्ता र ब्याज रकम समेत असुली उठाई बैंकमा जम्मा नगरी १ करोड ६१ लाख ७६ हजार ८ सय ६० रुपैयाँ हिनामिना गरेको देखिएको छ ।

सो वित्तीय संस्थाको केन्द्रीय कार्यालय विराटनगरका कामु सहायक महाप्रवन्धक ऋषिप्रसाद न्यौपानेको उजुरीको आधारमा ती दुईमाथि बैंकिङ कसुर मुद्दामा कारबाही भइरहेको प्रहरी निरीक्षक बस्नेतले बताए ।

रकम हिनामिनामा ती दुई जनाको मात्रै हात नरहेको आशंका गर्दै वितिय संस्थाका सञ्चालक तथा थप कर्मचारीमाथि पनि निगरानी गरिरहेको उनले बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]