तराई–मधेसमा बुधबार पनि होली मनाइँदै छ । होली मनाउने दिन मंगलबार परेकाले बुधबार पनि होली मनाएका हुन् । प्रदेश सरकारले पनि होलीको बिदा मंगलबार र बुधबार दुई दिन दिएको छ ।
आइतबार, मंगलबार र बिहीबार धेरै घरमा माछामासु नखाने तथा खसीबोका नकाट्ने हुनाले बुधबार पनि होली मनाइरहेका छन्। अधिकांश ग्रामीण क्षेत्रमा होली बुधबार मनाइँदै छ ।
तराई–मधेशमा होली पर्व धुमधामसँग मनाइन्छ । विदेश वा टाढाटाढा गएकाहरू पनि होली मनाउन घर फर्किने गर्छन् । रिसराग भुलेर आफन्तसँग होली मिलन गर्दै रंगमा रमाउने गर्छन्।
मिठा–मिठा परिकारहरू बनाएर आफन्तलाई खुवाउने र आफन्तकहाँ गई रमाउने गरिन्छ । विशेष गरी युवायुवतीहरू होलीको रङमा रमाउँदै रमाइलो गर्छन् ।