About Contact
०४ माघ २०७७, आइतबार
Close
बिज्ञापन
रंगमा रंगिए प्रदेस २ को मन्त्रीहरु (तस्वीरहरु)

खोज केन्द्र बुधबार, फाल्गुण २८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जनकपुर क्षेत्रमा आज होली मनाइँदै छ। होलीको रंगमा प्रदेस २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल सहित उच्चपदस्थ ब्यक्तीहरु रंगमा रंगिएको हो ।

पहाडका जिल्लामा सोमबार र तराई–मधेसकै कतिपय जिल्लामा मंगलबार होली मनाइए पनि जनकपुरमा भने आज मात्र होली मनाईदै छ ।

मिथिला मध्यमा परिक्रमाले अन्तरगृह परिक्रमा गरेको भोलिपल्ट जनकपुरमा होली मनाउने परम्परा रहे पनि मंगलबार परेकाले आज होली मनाउन लागिएको बताइएको छ। मंगलबार माछामासु बार्ने परम्परा रहेकाले बुधबार होली मनाउन लागिएको हो।

आज धनुषा, महोत्तरी, सर्लाहीलगायत जिल्लामा होली मनाइँदै छ। एकअर्कालाई रंग, अबिर लगाउँदै पारम्परिक गीत जोगिरा गाएर मनाइने भएकाले जनकपुरमा होलीको विशेष उमंग हुने गरेको छ।

रंगहरूको पर्व होलीमा इष्टमित्र, परिवारका सदस्यहरु एक स्थानमा जम्मा भएर मनोरञ्जन गर्ने परम्परा छ। होलीको अवसरमा जनकपुरको विभिन्न चोकमा मटकाफोर कार्यक्रमको आयोजना गरिएको छ।

स्थानीय युवा क्लबहरूले हरेक वर्ष होलीमा मटकाफोर प्रतियोगिता आयोजना गर्ने गरेका छन्।
जनकपुरमा सुरक्षा व्यवस्था चुस्त

होलीलाई मध्यजनर गरी जनकपुरमा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। होलीको बहानामा हुने कुनै प्रकारको अप्रिय घटना रोक्न जिल्ला प्रहरी कार्यालय, धनुषाले विशेष सुरक्षा व्यवस्था बनाइएको जनाएको छ।

होलीमा शान्ति सुरक्षा कायम राख्न उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिनुका साथै मापसे चेकजाँचलाई कडा बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नो पुत्र प्रल्हादको ज्यान लिन बहिनी होलिकासँगै आगोमा राखिदिएका थिए। तर, भगवान विष्णुको प्रतापले प्रल्हादलाई केही नभए पनि आगोले नजल्ने वरदान पाएकी होलीकाको जलेर ज्यान गएको किम्बदन्तीसँग होली पर्व जोडिएको छ।

सम्बन्धित

ताजा अपडेट
धनुषा : सबैला नगरपालिकामा मेयरकाे एकलौटी बदमासी, जताततै मेयर साहको बिरोध
प्रदेश २: धनुषा, सिरहा र महोत्तरीमा सोलार प्लान्ट बाट ११७ मेगावाट विद्युत्
भारतमा कोरोना भ्याक्सिन लगाउन शुरु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]