About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
प्रदेश २ सरकारको होली विदा बिबादमा

खोज केन्द्र बुधबार, फाल्गुण २८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । होलीका लागि आज पनि विदा दिएपछि प्रदेश सरकार २ सरकारको कडा आलोचना भइरहेको छ । पहाडमा पूर्णिमा दिन र तराईमा पूर्णिमाको बिहानपल्ट होली मनाइने परम्परा हुँदा प्रदेश सरकारले आज बुधबार थप एक दिन सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

मिथिलाञ्चलमा हिजो मंगलवार धेरैजसो ब्रत बसे । केहीले यसैकारण होली मनाएनन् । आज होलीमा रंग अबिर लगाउनुका साथै मासुका परिकार खान चलन छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले होली मंगलवार र बुधवार दुबै भएकाले सार्वजनिक विदाको घोषणा गरिएको हो ।

तर प्रदेश सरकारको यो निर्णयको कडा आलोचना भइरहेको छ । धेरैले प्रदेश सरकार मासु र रक्सी खान विदा दिएको भनेर आलोचना गरेका छन । वीरगञ्जका पत्रकार महेश दासले समाजिक सञ्जालमा प्रश्न गरेका छन– बुधवार होली विदाको कानुनी र सांस्कृतिक वा धार्मिक अधार के हो ? अयुव खानले रक्सी र मासुमा मतदाता, नेता र पत्रकार समेत बिक्ने भएपछि के गरोस् २ नं. सरकारले ? भन्दै व्यंग्य गरेका थिए ।

पत्रकार देवकुमार यादव लेख्छन– ‘प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने कार्यको जति प्रशंसा गरे पनि कम हुन्छ । यसपाली झ्न होलीको अवसरमा ३ दिन बिदा दिएर रेकर्ड नै कायम गरेको छ । मूल्यांकन भए बिदामा ‘ए प्लस’ नै आउँछ ! आर्थिक वर्ष सुरु भएको ८ महिना बित्न लाग्दा पनि प्रदेश सरकारले १० प्रतिशत भन्दा कम बजेट खर्च गरेको छ । पत्रकार चन्द्रकिशोरले प्रदेश २ लाई विदा टप प्रदेशको संज्ञा दिएका छन् । यो विदाको एकातिर आलोचना भइरहेको छ भने सरकारको यो निर्णयसँग सहमति जनाउनेहरु पनि देखिएका छन् ।

प्रदेश २ का अधिकांश जनताले बुधवार होली मनाउदैछन त्यसैले भवनात्मक आधारमा बिदा दिएको हो राजीव कर्णले समाजिक सञ्जालमा लेख्दै सरकारको बचाउ गरेका छन् । श्यामकुमार निधिले हिन्दुको महान पर्व होली सभ्य र भव्यरुपमा मनाउन एक दिने विदा पर्याप्त नहुने भएकोले परम्परा र संस्कृतिलाई अझ मनोरञ्जनात्मक रुपमा मनाउन विभिन्न जातजाति, वर्ग समुदाय, सकाहारी, मांसाहारी, साधुसंत, गरिव धानी, स्वदेशी तथा विदेशी जनसमुदाय लाई प्रयाप्त समय दिएकोमा प्रदेश सरकारलाई हार्दिक धन्यवादसमेत दिएका छन ।

सरकारले घोषणा गरेको आजको सार्वजनिक विदा विवादमा परे पनि जनकपुरधामको चोक–चोकमा होली उत्सव मनाइरहेको छ । बिहानैदेखि मटकाफोर कार्यक्रम चलिरहेको छ । खसीबजारमा विहानैदेखि मासु किन्नेको भीड लागेको छ । मंगलवारभन्दा जनकपुरधामको खसी बजारमा तेब्बर भीड रहेको छ । आज मासुको बिक्री बम्पर भइरहेको छ मासु व्यवसायी मोहम्मद जाकिरले बताए ।

सम्बन्धित

ताजा अपडेट
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !
सहिद नगरपालिकामा नेकपा परित्याग गरी धमाधम कांग्रेसमा प्रवेश गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]