काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको घरनजिकै आज विहान पौने ८ बजे बम विष्फोट भएको छ । बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ ।
साथै छिमेकीका घर र एउटा भ्यानमा समेत क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार बास्कोटाको निर्माणाधीन घरलाई लक्षित गरी बिस्फोट गराइएको हो । बम विस्फोट कसले र किन गरायो भन्ने स्पष्ट हुन सकेको छैन ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।