About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
तराई मधेसमा देखिएन होलीको उल्लास

खोज केन्द्र आइतबार, फाल्गुण २५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

चीनबाट सुरु भएर विश्वव्यापी बनेको कोरोना भाइरसको सन्त्रास र महंगीसँगै मंगलबार उपबास बस्ने कारणले सप्तरीमा यस पटक रंग र उमंगको पर्वको रुपमा रहेको होलीको उल्लासमा कमी आएको छ ।

संघिय राजधानी काठमाडौंसहित पहाडी जिल्लामा सोमबार होली मनाईंदै छ । हिन्दु धर्माबलम्बीका मुख्य पर्वको मान्यता पाएको होलीका लागि प्रदेश २ सरकारले सोमबार र मंगलबार गरी २ दिन सार्वजनिक बिदा दिएको छ ।

तर मिथिला पंचाङ्ग अनुसार यस पटक तराईको होली मंगलबार परेको छ । होलीमा माछा मासुलाई मुख्य परिकारका रुपमा समावेश गरिने चलन छ । तर मंगलबार अधिकांश मधेशी समुदायले माछा मासु नखाने र उपबास बस्ने गरेका कारण होलीको उत्साहमा कमी आएको हो ।

‘बर्ष दिनमा एक पटक आउने फागु पर्व यसपल्ट मंगलबारका दिन पर्दा माछा मासु खान नपाउने चिन्तासँगै कोरोना भाइरसको त्रासका कारण खुलेर साथी भाईसँग पर्व मनाउने योजना पनि तुहिएर गयो’, स्थानिय उमाकान्त साहले निरासा पोखे ।

अर्का स्थानिय परिसकर्णले मंगलबारका दिन होली पर्वमा यस पल्टको होली फिक्का हुने भन्दै निरासा व्यक्त गरे । गृहिनी अनिता देवीले मंगलबार उपबास परेकाले आफुहरु बुधबार मात्र होली मनाउने योजना बनाएको सुनाइन् ।

पण्डित रुपकान्त मिश्रले मंगलबारका दिन अधिकांश मिथिलाबासी माछा मासु नखाई उपबास बस्ने चलनका कारण यस पल्ट होलीको उत्साहमा कमी देखिएको सुनाए ।

यस पर्वमा उपयोग गरिने रंग, अबिर, फुचकारी, बैलुन तथा प्रसाद र विभिन्न परिकार सामग्रीहरुको मुल्य पनि आकाशिएकाले सर्वसाधारणलाई पिरोलेको छ । स्थानिय बजारमा त्यस्ता सामग्रीहरुको मुल्य अत्याधिक छ, स्थानिय दिनानाथ यादवले भने, महगी नियन्त्रणको प्रयास कतैबाट नहुँदा पनि यस पटकको होली पर्वको तयारी उत्साहजनक हुन सकेको छैन ।

कोरोना भाइरसको त्रासले पनि होलीको उत्साहमा पनि कमी ल्याएको छ । ‘कोरोना भाइरसको त्रासका कारण माछा मासुको व्यापारमा पनि ठुलो गिराबट आएको छ’, स्थानिय मासु व्यवसायी साजन खडकाले भने, सप्तरीमा होलीका दिन मात्र करिब १० देखि १५ क्वीन्टलसम्म माछा मासुको कारोबार हुने गर्दथ्यो, तर यस पल्ट ५ क्वीन्टल पनि विक्री हुने लक्षण देखिँदैन ।’

अर्का मासु व्यवसायी रमेश खत्रीले यस पल्टको कोरोना भाईरसको त्रास र मधेशी समुदायले माछा मासु कमै खाने दिन मंगलबार होली पर्व परेकाले आफुहरुको व्यवसायी नै संकटमा परेको बताए ।

अर्कोतिर कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै स्थानिय प्रशासन र स्थानिय तहहरुले होली कार्यक्रम आयोजना नगर्न र सहभागी नहुन आग्रह गरेका कारण पनि होली उत्साहमा कमी आएको छ ।

सप्तरीमा होलीका अवसरमा करिब आधा दर्जन कला तथा सांस्कृतिक समुहले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएका थिए । तर यसपल्ट सबै कार्यक्रम रद गरिएको छ । कोरोना भाइरसको बढदो संक्रमणलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय सप्तरी तथा विभिन्न स्थानिय तहले सभा, सम्मेलन, भेला, सार्वजनिक कार्यक्रम नगर्न भन्दै भिडभारमा सामेल नहुन र सर्तकर्ता अपनाउन अनुरोध गरेपछि यसपल्ट होली महोत्सव कार्यक्रम समेत रद गरिएको प्रत्येक वर्ष होली महोत्सव कार्यक्रमको आयोजना गर्दै आएका नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवले बताए ।

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]