About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
शितलहरमा जनकपुरधाम, दाउराको जोडजाम (हेर्नुस् तस्बिरमा)

सुजीतकुमार झा शनिबार, पौष ०५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । शित लहरले जनकपुरधामको जनजीवन प्रभावित भएको छ । बजारमा चहलपहल घटेको छ भने स्थानीयवासी आगो तापेर दिन बिताइरहेका छन् । गत पाँच दिनदेखि जनकपुरधाम क्षेत्रमा पुरै शितलहर छाएको छ ।

सडकमा दिउँसै बत्ती बालेर सवारी साधन चलेका छन् । जाडोबाट कम आय भएका मानिसहरु चिसोबाट बचाउन स्थानीय राजनीतिक दलहरुले दैवीप्रकोप समिति र स्थानीय प्रशासनसँग माग गरेका छन् । राष्ट्रिय जनता पार्टीका महासचिव राजिव झाले जनकपुरधामको चोक–चोक र ग्रामीण क्षेत्रमा पनि निःशुल्क दाउरा उपलब्ध गराइ आगो ताप्ने व्यवस्था गर्न माग गरेका छन् ।

यता स्थानीयस्तरमा जनकपुरधाममा दाउरा वितरण सुरु गरिएको छ । स्थानीयवासीले अगेनाका लागि चोक चोकमा दाउरा राख्न थालेका छन् । यसैगरी नेपाली काँग्रेस धनुषाका उपाध्यक्ष सन्तोष यादवले सर्वसाधारणका लागि न्यानो लुगा र कम्बल वितरण गर्नसमेत माग गरेका छन् । तर प्रशासनले अहिलेसम्म जाडोबाट प्रभावित सर्वसाधारणलाई बचाउने कुनै प्रयास गरेको देखिँदैन ।

विगतका वर्षमा जिल्ला वन कार्यालयसँग समन्वय गरेर ठाउँ ठाउँमा आगो बाल्ने गरिएको थियो । जाडोबाट सबैभन्दा बढी विद्यालय जाने उमेरका बालबालिका प्रभावित भएका छन । विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको शिक्षकहरु बताउँछन् ।

जाडोले पशुपन्छीलाई समेत प्रभावित पारेको छ । जाडोका कारण तिनीको चरणमा समस्या भएको छ । तराई मधेसमा पुसको पहिलो साताबाट शीतलहर सुरु भएर माघको अन्तिम सातासम्म रहन्छ ।

चिसो बढेपछि रुघाखोकी, ज्वरोलगायत समस्याले पीडित हुनेको संख्या पनि बढेको चिकित्सकहरु बताउँछन् । बालबालिका र वृद्धवृद्धामा चिसोका कारण स्वास्थ्य समस्या बढी देखिएकाजनकपुरधामका वरिष्ठ बाल रोग विशेषज्ञ डा. बलराम मिश्रले बताए । जाडो बढ्दै गएपछि हाडजोनी, रुघाखोकी, दम, कोल्ड डाईरियाका बिरामीहरुको संख्या बढेको उनले बताए ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]