About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
बाराका पत्रकार वीरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदार सार्वजनिक

खोज केन्द्र आइतबार, फाल्गुण २५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

बाराका पत्रकार वीरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदार पक्राउ परेका छन् ।शनिबार राति बाराको बारागढी गाउँपालिका–६ गडहलगाउँस्थित घरैबाट फौजदार पक्राउ परेको प्रहरीले जनाएको छ।

बारा प्रहरीले आज पत्रकार सम्मेलन गरी फौजदारलाई सार्वजनिक गरेको छ। २०६४ साल कात्तिक १८ गते पत्रकार साहलाई बाराको ढोडिया पिपरागाउँ नजिकैबाट तत्कालीन सशस्त्र माओवादी कार्यकर्ताले अपहरण गरेका थिए।

अपहरित पत्रकार साहको अवस्था सार्वजनिक गर्न आवाज उठ्न थालेपछि खोजतलास गर्दै जाँदा अपहरणको झण्डै एक महिनापछि शव फेला पारेको थियो।

साहको हत्यामा संलग्न रहेको आरोपमा तत्कालीन माओवादी कार्यकर्ता हरेराम पटेललगायत दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको थियो।

साह तत्कालीन स्पेस नेटवर्कबाट सञ्चालित स्पेसटाइम दैनिक र मनकामना एफएम हेटौंडाको संवाददाता थिए।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]