About Contact
०७ बैशाख २०७८, मंगलबार
Close
बिज्ञापन
बाँध मर्मत नहुँदा स्थानीयवासी चिन्तित

खोज केन्द्र आइतबार, फाल्गुण २५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

रौतहट । रौतहटको लालबकैया तथा बागमती नदीमा भत्किएको बाँध मर्मत नहुँदा स्थानीयवासी चिन्तित भएका छन् । गत असार अन्तिममा आएको बाढीले नदीको विभिन्न ठाउँमा बाँध भत्काएको थियो । अहिलेसम्म मर्मतका लागि कुनै निकायले चासो नदिँदा यस वर्ष पनि गाउँ डुबानमा पर्ने भन्दै स्थानीय चिन्तित भएका हुन् ।

गतवर्ष बाँध भत्किएपछि संघीय तथा प्रदेशका मन्त्रीले स्थलगत निरीक्षण गरी मर्मत गर्ने आश्वासन दिएका थिए । तर, बाढीले भत्काएको बाँध अझै मर्मत हुन नसक्दा गाउँ फेरि पनि डुबानमा पर्ने भन्दै नदी किनाराका बासिन्दा चिन्तित भएका हुन् । नदीमा भत्किएका र जीर्ण अवस्थामा रहेका बाँध मर्मतमा सरकारले चासो नदिँदा वर्षेनि बस्ती डुबानमा पर्ने गरेको स्थानीय रामपुकार यादवले बताए । ‘स्थानीय तहले आन्तरिक आयका लागि बागमती तथा लालबकैया नदीमा नदीजन्य सामग्री उत्खननका लागि अनुमति दिने गरेको छ,’ उनले भने, ‘नदीजन्य उत्खननको ठेक्का पाएका कम्पनीले मापदण्ड विपरीत एक्स्क्याभेटर प्रयोग गर्दा तटबन्ध जोखिममा पर्ने गरेको छ ।’ गतवर्ष कमजोर बाँधकै कारण गंगापिप्रा, राजदेवी, ईशनाथ नगरपालिकाका अधिकांश बस्ती डुबानमा परेका थिए । दुवै नदीको बाँध मर्मत गर्न सम्बन्धित निकायमा जानकारी दिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । यस वर्ष समयमै बाँध मर्मत नभएमा ठूलो समस्या आउने सक्ने उनको भनाइ छ । दुवै नदीलाई नियन्त्रण गर्न बनाइएको बाँध १३ स्थानमा कमजोर रहेको उनले बताए ।

बागमती तथा लालबकैया नदी नियन्त्रण कार्यालय परवानीपुरले चाँडै बाँध मर्मत हुने बताएको छ । कार्यालय प्रमुख राजकुमार श्रीवास्तवले केही दिनभित्रै दुवै नदीमा बाँध मर्मत शुरू गरिने बताए । नियन्त्रण कार्यालयका अनुसार गौर नगरपालिकास्थित महादेवपटीमा ३२ मीटर, देवाही गोनाही नगरपालिकाको दोहरटोलमा २२५, कटहरियामा २१, बैरीयामा ७८, लक्ष्मीनियामा ६३ मीटर बाँधमा क्षति पु¥याएको छ । यस्तै, भूनियादमा ४८, तेजापाकडमा ११३, करुनियामा ४२, इनर्वामा ६० मीटर र वैरियामा २०० मीटर बाँध गतवर्षको बाढीले भत्काएको थियो । यी सबैमा भरपर्दो मर्मतको आवश्यकता रहेको बताउँदै बजेट आएमा वैशाखसम्ममा सक्ने उनले प्रष्ट पारे ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]