About Contact
२५ फाल्गुण २०७७, मंगलबार
Close
बिज्ञापन
कमजोर छैन नयाँ पुस्ताका महिला

मनीषा बलामी / विजया लक्ष्मी दुवाल आइतबार, फाल्गुण २५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

१९ वर्षको उमेरमा जब निकिता आचार्यले अनलाइनमार्फत सामान बेच्ने अर्वानगल्र्सको शुरुआत गरिन्, नेपालमा ई–कमर्श भर्खरै बामे सर्ने अवस्थामा थियो । त्यसको ७ वर्षपछि अहिले अर्वानगल्र्स नेपालकै सबैभन्दा सफल ई–कमर्श कम्पनी बनेको छ, जसले तयारी महिला र पुरुषका लागि पोशाक, एक्सेसरिजदेखि केकसम्म विक्री गर्छ ।

आचार्यले आफूलाई ई–कमर्शमा स्थापित गर्दै जाँदा स्वेता उपाध्याय आफ्नो कम्पनी लावण्य लग्जरी आयुर्वेदालाई ग्लोबल ब्रान्डको रूपमा फैलाउँदै थिइन् । आचार्य र उपाध्याय अहिले नेपालको महिला उद्यमीशीलताको नयाँ पुस्ताको प्रतिनिधित्व गर्दछन् । र, यो सूची बढ्दो क्रममा छ ।

पछिल्लो समय नेपालमा महिलाले आफ्नो भाग्यको मालिक आफै बन्ने प्रयास गरिरहेका छन्, जुन २ दशक अघिसम्म सम्भव देखिँदैन थियो । नयाँ पुस्ताका महिला उद्यमीलाई बाटो सहज बनाउने काम गरे, नेपालको पहिलो पुस्ताका महिला उद्यमी मानिने अम्बिका श्रेष्ठ, रीता थापा, म्याग्गी शाह, श्याम वदन श्रेष्ठ, हजुरी विष्ट र निलम पाण्डेहरूले । उनीहरू प्रतिकूल सामाजिक परिवेशमा पनि व्यवसायमा आफूलाई स्थापित गर्न सफल भए । परम्परागत सामाजिक नियम अनुसरण नगरी व्यवसायीमा आउँदा थुप्रै चुनौतीको सामना गर्नुपरेको पुराना पुस्ताका महिला उद्यमीहरू बताउँछन् ।

सकारात्मक आँकडा
सरकारी तथ्यांकअनुसार नेपालको कुल उद्यमीमा महिलाको हिस्सा एक तिहाइ अर्थात् ३० प्रतिशत पुगेको छ । महिलाले विशेषगरी खुद्रा तथा थोक व्यापारसँग सम्बन्धित उद्यम गर्दै आएका छन् । सवारी, खाद्यान्न, सेवा र निर्माण क्षेत्रमा पनि महिला व्यवसायीको संख्या बढ्दै गएको छ ।

ग्रामीण क्षेत्रका महिलाहरू साना र मध्यम व्यवसायमा संलग्न छन् । उनीहरूले कृषि, किराना पसल, खाद्य स्टोर, पशुपालन, हस्तकला लगायत व्यवसाय गर्दै आएका छन् । शहरी क्षेत्रका महिलाहरू भने पर्यटन, व्यापार र खाद्य प्रसंस्करण जस्ता व्यवसायमा संलग्न छन् । यसैगरी शिक्षित युवतीहरूले भने आईटी, ई–कमर्श, बायोटेक, व्यापारिक उत्पादनहरू र व्यापार परामर्श जस्ता नयाँ क्षेत्रमा रुचि बढाएको देखिन्छ ।

पछिल्लो समय साना तथा मझौला तथा घरेलु व्यवसायमा पनि महिला उद्यमीको संख्या ह्वात्तै बढेको छ । साथै, ठूला व्यवसायको नेतृत्वमा पनि महिला उद्यमीको संख्या बढ्दो क्रममा छ । हालसम्म आउँदा निजीक्षेत्रकै सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ तथा होटल संघ नेपाल (हान)मा महिला नै अध्यक्ष भएर नेतृत्व गरिरहेका छन् । महासंघमा भवानी राणा र हानमा सिर्जना राणा अध्यक्ष भएर नेतृत्व गरिरहेका छन् ।

महिला सशक्तीकरणका लागि महिला उद्यम संघ जस्ता धैरै संस्थाहरू स्थापना भएका छन् । सरकारले पनि महिला केन्द्रित कार्यक्रम ल्याएको छ । यी यस्ता कारण पनि महिला उद्यमीहरू स्थापना गर्न सहिलो भएको बताइन्छ ।

यस्ता परिवर्तनले हालका नेपाली महिला स्टार्टअप व्यवसायमा देखन्छि । ई–कमर्श, सफ्टवेयर र मोबाइल अनुप्रयोग विकास, सौन्दर्य उत्पादन, फोहोर रिसाइक्लिङ, बायोटेक, प्रकाशन, कृषि जस्ता क्षेत्रमा महिला उद्यमी सफल हुँदै गएका छन् । श्वेता उपाध्याय, निकिता आचार्य, प्रथम साखा, आयुषी केसी, इदा रिजाल, सबी सिंह र सुनीता नेमाफुकी सफल युवा व्यापारी हुन्, जसले आफ्नो स्टार्टअप व्यवसायलाई विकास र मान्यताको नयाँ उचाइमा लैजान खोजिरहेका छन् ।

महिला उद्यमशीलतामा देखिएका नयाँ अनुहारमध्ये आयुषी केसी पनि एक हुन् । उनले सन् २०१७ देखि पेयपदार्थ लगायतको खाली शिशी वा बोतलहरूको पुनः प्रयोग गर्ने व्यवसाय शुरू गरिन् । उनले खालीशिशी नामक एक अनलाइन पोर्टल सञ्चालन गरेकी छिन् । त्यसमा खाली शिशी संकलन गर्ने व्यक्तिहरू जोडिएका हुन्छन् । हाल केसी उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहेकी छन् ।

हानकी अध्यक्ष सिर्जना राणा पनि नेपाली महिला उद्यमशीलतामा नयाँ नै हुन् । हाल उनी काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छिन् ।

व्यावसायिक घरानामा समावेशिता
पछिल्लो समय नेपाली व्यावसायिक घरानाभित्र आफ्ना महिला सदस्यलाई व्यवसायमा संलग्न गराउने क्रम बढेको छ । ऋतु सिंह वैद्य, सीमा गोल्छा, सिर्जना ज्योति, मेगा चौधरी, विदुषी राणा तथा लतिका गोल्यान आफ्नै घरानाभित्रका विभिन्न व्यापारको नेतृत्व गरिरहेका छन् ।

सीमा गोल्छा गोल्छा समूहबाट व्यापारमा आउने पहिलो महिला हुन् । हिम इलेक्ट्रोनिक्सकी निर्देशक उनी भन्छिन्, ‘व्यवसायमा जोखिम लिन आवश्यक छ । कहिलेकाहीँ यसले काम नगर्न सक्छ । तर, उद्योमी मनोभाव भएका महिलाहरू डराउनु पर्दैन ।’

गोल्डस्टार जुत्ताको उत्पादक किरण शुज म्यानुफ्याक्चर्सकी व्यवसाय विकास निर्देशक राणा नेपालमा महिला उद्यमको अवस्था सुधार भएको बताउँछिन् । ‘नेपालका महिलाहरू अरू देशका भन्दा धेरै प्रगतिशील छन् । यद्यपि, सरकारले एउटा प्ल्याटफर्म बनाउन आवश्यक छ, जहाँ महिलाले आफ्ना शीपहरू प्रदर्शन गर्ने अवसर पाऊन्,’ उनले भनिन्, ‘साथै, महिलाले उत्पादन गरेको सामान निर्यात गर्न सरकारले अनुकूल वातावरण पनि बनाउनुपर्छ ।’ महिलालाई उद्यममा ल्याउन परिवारको सहयोग पनि उत्तिकै महŒवपूर्ण रहेको उनको भनाइ छ ।

यस्तै, गोल्यान समूहकी निर्देशक लतिका गोल्यान पनि पछिल्लो समय महिलाको आवाजलाई आफ्नै बोर्डरूममा गम्भीर रूपमा लिन थालिएको बताउँछिन् । ‘पछिल्लो समय धेरै महिला उद्यमी अगाडि आउन थालेका छन्, साथै कर्पोरेट संस्थामा पनि महिला सीईओ छन्,’ उनले उनले भनिन् । गोल्यान समूहले आफ्नो संस्थामा बढीभन्दा बढी महिलालाई रोजगारी दिन र सम्भव भएसम्म नेतृत्व तहमा ल्याउन काम गरिरहेको उनको भनाइ छ ।

अझै छ चुनौती
यस्ता सकारात्मक परिवर्तनसँगै महिला उद्यमीको थप विकासका लागि चुनौतीहरू पनि उत्तिकै मात्रामा छन् । त्यसमध्ये लगानीको विषयमा सबैभन्दा सबैभन्दा ठूलो चुनौती बनेको छ । अधिकांश महिला आफै व्यवसाय गर्न इच्छुक छन्, तर उनीहरूसँग लगानी भने नभएको सम्बन्द्ध क्षेत्रका अधिकारीहरू बताउँछन् ।

लगानीका लागि पूँजीमा सहज पहुँच महिला उद्यमीका लागि अझै पनि चुनौतीकै रूपमा छ । कीर्तिपुर होजियारीकी संस्थापक सविता महर्जनका अनुसार शुरूमा बैंकमा ऋणका लागि जाँदा धेरै बैंकले पत्याएनन् । ‘सरकारले महिलालाई १५ लाख रुपैयाँ विनाधितो ऋण दिने बताएपछि म आधा दर्जन बैंकमा धाएँ । मलाई सो नीति लागू भइनसकेको बताइयो,’ उनले भनिन् ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]