जनकपुर, २३ फागुन । कोरोना भाईरसको संक्रमणले विश्व अक्रान्त बनेको छ । नेपालमा समेत कोरोना संक्रमण न्यूनिकरण तथा नियन्त्रणको लागि सरकारले सभा, सम्मेलन र महोत्सव नगर्न फरमाण जारी गरेको छ । अर्को तर्फ नेपाल सरकारले बिद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेको छ । बिद्यालयमा प्रत्यक्ष राजनिती कार्यक्रम लगायत अन्य कार्यक्रमहरु बिद्यालयमा गर्न उपयुक्त मानिदैन् । बिद्यालय जस्तो पबित्र संस्थामा के कस्ता कार्यक्रम गर्न दिने वा नदिने , कस्ता कार्यक्रममा शिक्षक बिद्यार्थी संलग्न हुने वा नहुने प्रशासनले जान्नु पर्ने कुरा हो ।
तर बिहिबार धनुषाको शहिद नगरपालिका वडा नं ३ स्थित जनता माध्यमिक बिद्यालय, यदूकुहामा शहिद नगरपालिकाको कार्यालयकै आयोजनामा होली महोत्सव गरिएको छ । नगरपालिकाका मेयर उदय बरबरिया, धनुषाका सिडियो प्रदिप कंणेल सहित नेताकार्यकर्ता र प्रहरी प्रशासन नै बिद्यर्थीको पठनपाठन अबरुद्व हुने गरी चर्को स्वरको बाजामा होली महोत्सवको गित संगित तथा शुभकामना भाषण ठोक्ने कार्यले बिद्यालयको शान्ति क्षेत्रको अबज्ञा गरेको स्थानिय बुद्विजिवीको तर्क छ ।
नेपाल कम्युनिष्ट पाटीका नेताहरु तथा प्रहरी प्रशासन र कलाकारलाई बिद्यालयमा बोलाएर होली महोत्सव मा स्वागतका नाराहरु भट्डाउदै होली गितसंगित घन्काउंदा यो घटनाको आलोचनात्मक चर्चा भएको छ ।
कक्षा १ देखि १२ सम्म पढाई हुने यस बिद्यालयमा १ हजार २ सय भन्दा बढी बिद्यार्थी अध्ययन रत रहेको बिद्यालयका प्रध्यानाध्यापक प्रमोद कुमार कर्णले जानकारी दिए । बिद्यालय स्थानिय सरकारको मातहतमा रहेकाले नगरपालिकाले आयोजना गर्ने कार्यक्रममा आफु सहभागि हुनु स्वभाविक रहेको कर्णले जिकिर गरे । बिद्यालय शान्ति क्षेत्र रहेको मेयर र प्रशासनलाई समेत थाहा छ । यद्द्पी कार्यक्रम हुंदा पठनपाठनमा अबरोध भएको उनको जवाफ छ ।
बिद्यालयमा २ बजे देखि दिउंसो ६ बजे सम्म कार्यक्रम संचालन भएको मेयर बरबरियाले स्वीकरे । उनका अनुसार धनुषा कोरोना भाईरसको संक्रमणको चपेटामा छैन र बिद्यालय शान्ति क्षेत्र भएपनि आफुले सांस्कृतिक कार्यक्रम अनुरुप होली महोत्सव आयोजना गरेको दावी गरे ।
कार्यक्रममा धनुषाका सिडियो, एसपी तथा यूवा कलाकारहरुको सहभागिता थियो, मेयर बरबरियाले भने । यता दिउंसो १ बजेदेखि हुने भनिएको कार्यक्रमका लागि आफुहरु ११ बजे देखि नै बिद्यालयमा शान्ति सुरक्षाका लागि तैनाथ रहेको यदूकुहाका प्रहरी निरिक्षक दिपक बाबु केसीले बताए ।