प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद डिला संग्रौला पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले शारीरिक समस्यालाई जिते पनि भ्रष्टाचारलाई जित्न नसकेको बताइन् ।
“दृढ आत्मशक्तिका कारण प्रधानमन्त्रीको शारीरिक समस्या जित्नुभयो । तर, भ्रष्टाचारलाई जित्नु सक्नुभएन” संग्रौलाले भनिन्, “भ्रष्टाचार कोरोना नै भयो ।” उनले सेक्युरिटी प्रेस खरीद प्रक्रियामा कमिसन प्रकरणमा जोडिएका गोकुलप्रसाद बाँस्कोटालाई कार्बाहीको माग गरिन् ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको उनले आरोप लगाइन् । अर्का सांसद तेजुलाल यादवले भने प्रधानमन्त्रीकै राजीनामा मागे ।
प्रधानमन्त्रीको सँगै देश स्वास्थ्य चिन्ताले सताएको छ । भ्रष्टाचारले अंगअंग छानेर चुसिरहेको छ”, यादवले भने ।
उनले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे । सांसद यादवले भने प्रधानमन्त्री आफैं भ्रष्टाचारीलाई संरक्षण गरेको बताए ।
उनले आसेपासेलाई जोगाउँदा भ्रष्टाचार रोकिनु नसकेको आरोप लगाए ।
अर्की सांसद दिल कुमारीले भने वनमन्त्री शक्ति बस्नेतको राजीनामा मागेकी छन् । मन्त्री बस्नेतको स्वकीय सचिवले गरेको उनले बताइन् । “स्वकीय सचिव धिरज उपरकोटीले अपमान गरेको छ, मन्त्रीले राजीनामा गर्नुपर्छ”, उनले भनिन् ।
संसदमा बोल्ने अधिकांश सांसदहरुले कोरोना भाइरसबाट सचेतता अपनाउनुपर्नेमा जोड दिएका छन् भने दोस्रो पटक सफल मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको शुभकामना गरेका छन् ।