अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगलग्रहको हालसम्मकै उच्च रिजोलुशनयुक्त फोटो सार्वजनिक गरेको छ।
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) अन्तर्गतको क्युरियोसिटी रोभरले खिचेको मंगलग्रहको हालसम्मकै उच्च रिजोलुशनयुक्त फोटो नासाले सार्वजनिक गरेको हो।
सन् २०१२ अगस्ट ६ मा मंगलग्रहमा अवतरण गरेको क्युरियोसिटी रोभरले हालसम्मकै उच्च रिजोलुशनयुक्त तस्वीर खिचेको र सोहि तस्वीरलाई सार्वजनिक गरिएको नासाले जनाएको छ।
सन् २०१९ मा रोभरले उच्च रिजोलुशनयुक्त करिब हजार तस्वीर खिचेको थियो। सोहि तस्वीरहरुलाई नासाले पानारोमा तस्वीर तयार पारेर सार्वजनिक गरेको छ। सार्वजनिक भएको तस्वीरमंगल ग्रहका जमिन प्रष्ट देखिएको छ।
सार्वजनिक भएका तस्विरहरु १.८ विलियन पिक्सेलका छन्। यी तस्बिरहरु गत नोभेम्बर २४ देखि डिसेम्बर १ सम्म खिचिएको नासाको भनाई छ।
सन् २०१२ मा मंगल ग्रह पुगेको क्युरियोसिटी रोभरले मंगल ग्रहमा रहेर विभिन्न कार्यहरु गरिरहेको छ। हाल रोभर मंगलग्रह स्थित ग्लेन टोरिडोनमा रहेको बताइएको छ।