About Contact
१३ फाल्गुण २०७७, बिहिबार
Close
बिज्ञापन
वीरगञ्जमा नक्कली नागरिकताको आधारमा राहदानी बनाउन खोज्ने युवक पक्राउ

खोज केन्द्र बिहिबार, फाल्गुण २२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

वीरगञ्ज २२ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साबाट नक्कली नागरिकताको आधारमा राहदानी बनाउन खोज्ने एक युवक पक्राउ परेका छन् ।

पर्साको चोर्नी गाविसको वडा नं.८ घर भएका उनी हाल वीरगन्ज महानगरपालिका वडा नं.१३ बस्दै आएका सन्तोष साहका २१ वर्षिय छोरा अभिषेक साहलाई स्थानिय प्रशासन कार्यालयले पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरीको जिम्मा लगाएको छ ।

नक्कली नागरिकताको प्रमाण पत्र नं. ३४-०१-७५-१४२५१ आधारमा अभिषेकले राहदानी बनाउन खोजेपछि उनलाई पक्राउ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ललित बस्नेतले बताए ।

कार्यालयका प्रशासकिय अधिकृत गोविन्द्र प्रसाद भण्डारीको नक्कली हस्ताक्षरमा २०७५ पौष ४ गते नक्कली नागरिकताको प्रमाण पत्र बनाएको उनले बताए ।

बैदेशिक रोजगारको लागि अभिषेकले बिहिबार जिल्ला प्रशासन कार्यालयमा राहदानीको लागि दिएको निवेदनमा शंका लागि अनुसन्धान गर्दै जाँदा उनले पेश गरेको नागरिकता नै नक्कली भएको भेटिएको हो ।

नक्कली नागरिकता पेश गरेकोमा प्रचलित कानुन बमोजिम कारवाहीको लागि अभिषेकलाई पर्सा प्रहरीको जिम्मा लगाईएको छ ।

नक्कली नागरिकताको घटना बाहिरीए लगतै हामी यसमा गम्भिर रुपमा अनुसन्धान गरी रहेका छौ, सहायक प्रजिअ बस्नेतले भने, ‘नक्कली नागरिकता बनाउने गिरोहलाई नै पक्राउ गर्न अनुसन्धान शुरु गरेका छौं

 

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, संसद ‘फेस’ गर्ने रणनीति
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिँदैन : उपप्रधानमन्त्री ईश्वर पोखरेल
मिथिला बिहारीमा विभिन्न पार्टी परित्याग गरि सयौ नेता कार्यकर्ता जसपामा प्रवेश

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]