About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
शाखा अधिकृतसहित आठ जनालाई भ्रष्टाचार मुद्दा

खोज केन्द्र बिहिबार, फाल्गुण २२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सुनसरी । मृत्यु भइसकेको व्यक्तिको कीर्ते औंठाछाप लगाई अर्कै व्यक्तिको नाममा जग्गा पास गरेको अभियोगमा इटहरी उपमहानगरपालिकाका शाखा अधिकृतसहित आठजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

इटहरी उपमहानगरपालिकाका शाखा अधिकृत राजेन्द्र धिमाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत दधिराम गुरागाईं, नायव सुब्बा मनोज घिमिरे र खरिदारहरू कृष्णप्रसाद नेपाल, रामप्रसाद भट्टराईका साथै लेखापढी व्यवसायी पुष्करप्रसाद पोखरेल, रत्नदेवी लिम्बू र गोविन्द कोइरालाविरुद्ध मुद्दा दायर गरिएको हो ।

मृत्यु भइसकेकी धरान उपमहानगरपालिका–१०  की रणमाया लिम्बुको किर्ते औंठा छाप लगाई अर्कै व्यक्तिको नाममा जग्गा पास गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले बताएको छ । मुद्दा दायर भएसँगै इटहरी उपमहानगरपालिका र मालपोतका बहालवाला कर्मचारी निलम्बनमा परेका छन् ।

धिमालले दिएको सिफारिशका आधारमा मोठफाँट रामप्रसाद भट्टराईले २०७० सालमा मृत्यु भएकी रनमाया लिम्बूको नाममा औंठाछाप लगाई आएको लिखतलाई जग्गा लिने–दिने गरेका थिए ।

गैरकानूनी तरीकाले हक नपुग्नेलाई हस्तान्तरण गरेपछि दधिराम गुरागाईं, मनोज घिमिरे, कृष्णप्रसाद नेपाल, रामप्रसाद भट्टराईलाई कैद, सजाय र जरीवाना माग दाबी गरिएको छ ।

जग्गाधनी स्वयम् उपस्थित नभई नै लिम्बूको नाममा घरबाटो सिफारिश गरेकाले इटहरीका कर्मचारी धिमाललाई मतियारको रूपमा मात्र निवेदन दर्ता गरिएको छ ।

१ लाख ८७ हजार रुपैयाँ घूस लिएर गलत लिखत तयार गरिएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]