About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
कसैलाई पनि नटेर्ने – घुस बाहेक अरु नदेख्ने : सरकारभन्दा शक्तिशाली उपसचिवहरू चिन्नुस् !

– सुयोग शर्मा बुधबार, फाल्गुण २१, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै ३४ उपसचिवलाई प्रदेशमा सरुवा ग¥यो । तर, सरुवा गरिएका उपसचिवहरू १५ दिन बितिसक्दा पनि खटाएको प्रदेशमा गएका छैनन् । बरु शक्तिकेन्द्रमार्फत दबाब दिएर संघीय सरकारका मन्त्रालय र विभागमै कार्यरत छन् ।

प्रदेशमा खटाइएकामध्ये उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकै ५ उपसचिव छन् । विमल बराल, नोकबहादुर बस्यालसहित उद्योगका मात्र ५ जना अहिलेसम्म पनि खटाइएको प्रदेशमा गएका छैनन् ।उद्योग विभाग र कम्पनी रजिष्टार कार्यालयमा बसी लाभ लिएकाहरू प्रदेशमा लाभ नहुने भएपछि जान आनाकानी गरिरहेको स्रोत बताउँछ ।

काज–सरुवा गरेका प्रदेशमा नगई उपसचिवहरूले सरकारलाई खुलेआम चुनौती दिइरहेका छन् । प्रदेशमा सुविधा (घुस) नआउने भएपछि उनीहरूले नजान सबै खालका हत्कण्डा प्रयोग गर्दैआएको सामान्य स्रोत बताउछ ।

सचिवहरू नै सरुवा रोक्न सक्रिय
उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाले प्रदेशमा सरुवा भएका उपसचिव विमल बरालको सरुवा बदर गर्न सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालालाई चर्को दबाब दिइरहेको स्रोत बताउँछ । बराल आफ्नो दाहिने हात भएको भन्दै उनी सरुवा रोकाउन दौडधूप गर्दैआएकी छन् । सामान्य प्रशासनले सरुवा गर्ने तर मन्त्रालयका सचिवहरू नै कार्यान्वयन हुन नदिने दृष्टान्त खतिवडा मात्र होइन, अरू मन्त्रालयमा पनि छन् ।

सामान्यमा आफ्नै हात जगन्नाथ
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा बसेका उपसचिव र शाखा अधिकृतहरूले कर्मचारी सरुवामा त चलखेल गरेकै छन् । ऐन, नियम मिचेर आफ्नै हात जगन्नाथ गर्दैआएका छन् । मन्त्रालयको सामान्य प्रशासनतर्फका उपसचिव चन्द्र फुयाँलको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा पदस्थापन भएकोमा उनले संशोधन गराएर अर्थ मन्त्रालयमा गराएका छन् ।

कृषि मन्त्रालयको कर्मचारी प्रशासन शाखाको प्रमुख हुने उनको चाहना पूरा नभएपछि केही दिनअघि मात्र फुयाँलले समायोजन संशोधन गराई अर्थमा आफ्नो सरुवा गराएका छन् ।

संघीय मामिलाका पूर्वमन्त्री लालबाबु पण्डितलाई सरुवामा विवादमा पार्ने काम यिनै फुयाँलसहितका कर्मचारीले गरेका थिए । फुयाँल १ नम्बर प्रदेश प्रमुख कार्यालयको निमित्त सचिवबाट पण्डितका आसेपासेसँग कनेक्सन मिलाएर सामान्य प्रशासनको कर्मचारी प्रशासन शाखाको प्रमुखमा आएका थिए ।

उनको समायोजन संघमा भएको थियो । पदस्थापन बाँकी थियो, ३४ उपसचिवलाई काजमा अतिरिक्त दरबन्दी राखी प्रदेशमा पठाइयो । तर उनले हतार–हतार कृषि मन्त्रालयमा पदस्थापन गराए । कृषिमा पदस्थापन भएको १ महिनामै उनले संशोधन गरी पुनः अर्थमा गराएर डाडुपन्यू हातमा लिएको लाभ लिएको स्रोतको भनाइ छ ।

फुयाँल कोसी अञ्चल यातायात कार्यालयदेखि बाग्मतीलगायतका यातायात कार्यालयमा लामो समय बसी अकूत सम्पत्ति आर्जन गरी अख्तियारमा गएर आफ्नाविरुद्ध परेका उजुरी तामेलीमा हाल्ने उपसचिवका रूपमा चिनिन्छन् ।

फुयाँल, अधिकृत अनोज घिमिरे यातायातका डनका रूपमा चिनिन्छन् । फुयाँलले सामान्यको कर्मचारी प्रशासनमा बस्दा यातायातका बदनाम कर्मचारीलाई मालपोतमा मालपोतकालाई यातायातमा सरुवा गरेरसमेत लाभ लिने गरेको आरोप लागेको थियो ।

अनोज घिमिरेलाई जगाते यातायातको कामु कार्यालय प्रमुख भएको बेला ६ महिनाअघि अख्तियारले भ्रष्टाचारमा विशेष अदालतमा मुद्दा चलाइसकेको छ ।

उनीविरुद्ध मुद्दा दायर भइसकेपछि भ्रष्टाचारको करोडौं सम्पत्ति सहकारीमा लुकाउन धाइरहेका छन् । बैंकमा राख्दा अख्तियारले राष्ट्र बैंकमार्फत खोज्ने भएपछि उनी सहकारीतिर लागेका हुन् ।

फुयाँलमात्र होइन, सामान्य प्रशासनको कर्मचारी प्रशासनमा बसेका अधिकृत सुदर्शन दाहालले उद्योग मन्त्रालयमा सरुवा गराएका छन् । यद्यपि उनले अहिलेसम्म पनि रमाना लिएका छैनन् ।

सरुवामा दाम असुली

सामान्य प्रशासनका फुयाँलले डेढ वर्षसम्म सरुवामा दाम असुली गर्न कुनै कसर बाँकी राखेनन् । संघीय मामिलातर्फको कर्मचारी प्रशासनतर्फका उपसचिव पर्व सापकोटाले २ नम्बर प्रदेशमा ज्यान नै जोखिममा पर्न थालेपछि समायोजन संशोधन गराउन निवेदन दिनेसँग पनि दररेट तोकेर घूस असुली गरेपछि उनी फेरिए । उनीपछि आएका संघीय मामिलातर्फका उपसचिव सुरेन्द्र थापामगरले पनि सरुवामा असुली छाडेका छैनन् ।

पण्डित मन्त्री हुँदाका उनका पीए ईश्वर गिरी, चन्द्र फुयाँल र पर्व सापकोटाले सरुवामा असुली गरेको विषय सञ्चारमाध्यममा प्रकाशित भएको थियो ।

त्रिपाठी मन्त्री भएपछि पनि उनको सचिवालयका कर्मचारीसहित संघीय मामिलातर्फको कर्मचारी प्रशासनका उपसचिव सुरेन्द्र थापा, अधिकृत महेश दाहालहरूले लाभ लिंदै सरुवा गर्ने गरेको आरोप छ ।

फुयाँल अर्थमा गइसकेपछि सामान्य प्रशासनतर्फको कर्मचारी प्रशासन पनि थापाले नै सम्हाल्दैआएका छन् ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]