About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
प्रदेश २ का मुख्यमन्त्री राउत धर्ना बस्‍ने

राउतलाई मातहतकै कर्मचारीबाट असहयोग

खोज केन्द्र मंगलबार, फाल्गुण २०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर, २० फगुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातहतकै कर्मचारीबाट असहयोग हुन थालेपछी कर्मचारी विरुद्धमा धर्नामा बस्‍ने चेतावनी दिएका छन् ।

गतबर्षको भुक्तानीमा प्रदेस सरकारकै मातहतका कर्मचारीहरुले रकम निकासी गर्न नमिल्ने अडान लिएपछी मुख्यमन्त्री राउत निरहिता प्रकट गर्दै धर्नामा बस्ने जिकिर गरे । संघीय सरकारको उक्साहटमा प्रदेश सरकारका उपल्ला तहका कर्मचारीहरुले भुक्तानी गर्न नदिएको मुख्यमन्त्रीको आरोप छ ।

गत आर्थिक बर्षको भुक्तानीका लागि आन्तरिक लेखा परिक्षण, महालेखा परिक्षण प्रतिबेदनमा १८ नम्बर शिर्षकमा उल्लेख गर्नु पर्ने कानूनी प्रबधान छ । तर प्रदेस सरकारले आर्थिक नियमावली बिपरित भुक्तानी गर्न दबाब दिएको भन्दै कर्मचारीहरु रकम निकासा गर्न मानेका छैन ।

‘भुक्तानी गर्न भन्दा कर्मचारी भागीभागी हिँड्छन्,’ मुख्यमन्त्री राउतले एक संचारमाध्यम सँगको कुराकानीमा भनेका छन – ‘भुक्तानी नहुँदा प्रदेशसभा चल्न सकेको छैन। उपभोक्ताको पैसा दिऔं भन्दा कर्मचारी मान्दैनन्। भुक्तानी नगरे म आफैं धर्नामा बस्छु।’ संघीय सरकारले भुक्तानी नगर्न भनेको भन्दै प्रदेशका कर्मचारीहरु पन्छिने गरेको बताउँदै मुख्यमन्त्री राउतले भने,‘ओली सरकारले भनेकै कर्मचारीले मान्ने हो भने प्रदेश सरकार पनि संघले नै चलाए भइगो नि।’

गत आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत् प्रदेस २ भित्र ८ सय १४ वटा योजनाको ८६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। असारको अन्तिम समयमा योजना सम्पन्नको फाइल आएपनि मूल्याकंन गरेर चेक बनाउन नभ्याउँदा भुक्तानी रोकिएको थियो।

प्रदेश सांसदहरुले कमिसन नदिएको कारण भुक्तानी नगरेको आरोप लगाउँदै प्रदेशसभा बैठकमा हंगामा गरेपछि भुक्तानी विवाद बाहिरिएको थियो।

‘भुक्तानी नहुँदा संसद् बन्धक बनेको छ। भुक्तानीका लागि सरकार र मन्त्रीहरु तयार रहेपनि कर्मचारीहरु बखेडा झिकिरहेका छन्,’ मुख्यमन्त्री राउतले भने,‘ओली सरकारकै इशारामा कर्मचारीले भुक्तानी रोकेका छन् । यस्ता कर्मचारीको विरुद्धमा धर्ना बस्छु।’

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]