About Contact
१४ माघ २०७७, बुधबार
Close
बिज्ञापन
स्वतः पदमुक्त भएका अर्थमन्त्री खतिवडा नै भोलि पुनः शपथ लिने

खोज केन्द्र मंगलबार, फाल्गुण २०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

राष्ट्रियसभा सदस्य पदको अवधि सकिएपछि डा. युवराज खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएका छन् । खतिवडा सहित १९ जना राष्ट्रियसभा सदस्यको पद मंगलबार सकिएको हो । दुई वर्षे कार्यकाल सकिएपछि स्वतः पदमुक्त भएका खतिवडा अर्थ मन्त्रालय पुगेका थिए।

मन्त्रालय स्रोतका अनुसार, खतिवडाले पदबाट समेत राजीनामा दिएका छन् । खतिवडा राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् । निर्वाचित १८ सदस्यकाे ठाउँमा भने गएको ९ माघमा निर्वाचन भइसकेको छ।

खतिवडाको ठाउँमा भने अहिलेसम्म मनोनीत हुने व्यक्तिबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै विवाद छ । तर, अर्थमन्त्रीमा भने खतिवडाले नै निरन्तरता पाउने भएका छन्।

एक मन्त्रीका अनुसार, खतिवडालाई भोलि (बुधबार) शपथ गराउने तयारी भएको छ । ती मन्त्रीका अनुसार, सांसद नभए पनि खतिवडा नै अर्थमन्त्री हुनेछन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि खतिवडालाई नै निरन्तरता दिइने बताए । “राष्ट्रपतिले खतिवडालाई नै अर्थमन्त्रीमा शपथ गराउनु हुनेछ”, थापाले भने ।

शपथको समय भने निश्चित भइसकेको छैन । राष्ट्रपति कार्यालयका अनुसार, आज साँझसम्म शपथको समय निर्धारण हुनेछ । सांसद पद नरहे पनि मन्त्री हुनसक्ने संवैधानिक प्रावधान रहेको छ । तर, यसरी शपथ लिने मन्त्रीले ६ महीनाभित्र सांसद पदको शपथ लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ।

यदि, ६ महीनाभित्र सांसद नभए मन्त्री पद स्वतः गुम्नेछ । नेकपाले खतिवडाको ठाउँमा उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गर्ने निर्णय गरेको छ । तर, प्रधानमन्त्री ओली भने खतिवडालाई नै निरन्तरता दिने अडानमा छन्।

सम्बन्धित

ताजा अपडेट
अख्तियारको १६ जनाको टोलीले जनकपुर यातायात कार्यालयमा छापा, कार्यालय प्रमुख साह सहित कर्मचारीहरु नियन्त्रणमा
मधेसको लोकगाथा नाच लोप हुँदै
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]