About Contact
१८ फाल्गुण २०७७, मंगलबार
Close
बिज्ञापन
प्रदेस २ ले कामको भुक्तानी नदिएको भन्दै प्रदेस मातहातका प्रमुख तीन विकासे अड्डामा तालाबन्दी

भुक्तानी दिन प्रदेस सरकार लचिलो, कर्मचारीहरु नदिने मन्सायमा बढि

खोज केन्द्र मंगलबार, फाल्गुण २०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम, २० फागुन । गत आर्थिक वर्षमा सम्पन्न निर्माण काम तथा योजनाहरुको भुक्तानी नगरिएको भन्दै उपभोक्ताहरुले  प्रदेस सरकार प्रति आक्रोश ब्यक्त गर्दै दोस्रो पटक धनुषाको जनकपुरधामस्थित प्रमुख तीन विकासे अड्डामा अनिश्चितकालिन तालाबन्दी गरेका छन ।

प्रदेस २ सरकारको लापरवाही का कारण लामो सम्ममा पनि भुक्तानी नगरेपछी जनकपुरको पूर्वाधार विकास कार्यालय, सिंचाई डिभिजन कार्यालय र वन कार्यालयमा तालाबन्दी गरेका हुन । उपभोक्ताहरुले तालाबन्दी गरेपछि तिनै विकासे कार्यालयको कामकाज पूर्णरुपले प्रभावित भएको छ। 

प्रदेश सरकारले विकास निर्माणका लागि गठन गरेको उपभोक्ता समितिले सम्झौता अनुसार निर्माण कार्य भइसके पनि सरकारले रकम भुक्तानी नगरेपछि बाध्य भएर ताला लगाएको एक उपभोक्ता समितिका पदाधिकारीहरु बताउंछन । 

आफूहरुले उधारो मागेर सम्झौता अनुसार कार्य गरेपनि भुक्तानी नहुँदा समस्यामा परेकोले तालाबन्दी गर्न बाध्य भएको बताए।

भुक्तानी दिन प्रदेस सरकार लचिलो, कर्मचारीहरु नदिने मन्सायमा  बढि

प्रदेस सकारबाट संचालित उक्त योजनाहरुको भुक्तानिका लागि प्रदेस सरकार लचिलो देखिएपनी कर्मचारीहरु नदिने मन्सायमा उभिएका छन । 

प्रदेश सभा बैठकबाट गठित उच्चस्तरीय संसदीय समितिले रकम दिन सरकारलाई निर्देशन दिए पनि कर्मचारीहरुले दिन नमिल्ने बताएका छन्। यो रकम भुक्तानी गरिए कर्मचारी नै फँस्न सक्ने प्रदेश २ का मुख्य सचिवले जनाउदै आएकाअ छन । 

सम्बन्धित

ताजा अपडेट
अख्तियारको छापा प्रति स्थानियको शंका, ८ लाख घुस रकम बरामद, घुस लिने अध्यक्ष फरार
घुस लिदै गर्दा बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, अध्यक्ष फरार, चालक नियन्त्रणमा
मन्त्री कुशवाहाद्वारा समुदायिक भवन र बाउन्ड्रीवाल निर्माण शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]