About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
खोज पत्रकारिता

खोज केन्द्र सोमबार, मंसिर ३०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

पहिला पहिला सबै समाचारदातालाई खोज पत्रकार भन्ने चलन थियो । तर समय र परिस्थितिले खोज पत्रकारिताको यो परिचयलाई परिवर्तन गरेकोछ । सामन्य पत्रकारितामा पनि खोजपत्रकारले अरू पत्रकारले भन्दा बढी अनुसन्धान गर्नुपर्छ, खोजी गर्नुपर्छ । उसले धेरै थरीका मानिससँग कुराकानी गर्नुपर्छ । घटना र प्रक्रिया आफैँले अवलोकन गर्नुपर्छ । खोज पत्रकारले सामान्य समाचारमा समेटिनेभन्दा बढी जानकारी खोतल्नुपर्छ । सबै भन्दा महत्वपूर्ण कुरा त खोज पत्रकारिता गर्न सामन्य समाचारदाताले भन्दा बिषयगत जानकारी हुनु पर्छ । यो बिशेषता पहिचानजनित खोज पत्रकारमा पनि हुनै पर्छ, यसमा थप कुरा पहिचानजनित सन्दर्भहरुको पनि जानकार हुनु पर्दछ ।

नेपाली समाजको समुदायगत विविधतामा भाषिक, साँस्कृतिक, भौगोलिक क्षेत्रको अस्तित्व र राज्य निर्मित नीति र नियमले त्यस समुदायलाई पारेको असरका बारे सामन्य जानकारी राख्न सकिएन भने पहिचानजनित खोजपत्रकारिता सम्भव छैन । नेपाली समाजको समुदायगत विविधतामा भाषिक, साँस्कृतिक, भौगोलिक क्षेत्रको अस्तित्व र राज्य निर्मित नीति र नियमले त्यस समुदायलाई पारेको असरका बारे सामन्य जानकारी राख्न सकिएन भने पहिचानजनित खोजपत्रकारिता सम्भव छैन । यसकारण समाजको आधारभूत चरित्र, राज्यसत्ताको रबैया र त्यसमा पहिचानजनित समूदायको स्थानका विषय कै केन्द्रीय बिषयबस्तुमा पहिचानजनित खोजपत्रकारिता हुनु पर्दछ ।

हामीले खोजपत्रकारितालाई ‘पहिचानजनित’ विशेषण थपि रहँदा पहिचानका आधारलाई पनि ख्याल राख्नु पर्दछ । समाजमा एउटै व्यक्तिका अनेक पहिचानहरु हुन्छन् । जस्तोः वर्गीय, सामाजिक, राजनीतिक, सांस्कृतिक, भाषिक, सामुदायिक, पेशागत, लैंगिक, क्षेत्रगत आदि आदि । पहिचाजनित खोज पत्रकारिताको प्रारम्भ विन्दू त्यो पहिचानको सम्मान र मर्यादाबाट शुरु हुनु पर्दछ । मूलधारको सन्दर्भमा खोज पत्रकारितालाई कसैले लुकाउन खोजेको बिषयलाई खुलासा गर्ने प्रक्रियाका रुपमा खोज पत्रकारितालाई लिने गरिन्छ । तर बद्लिदो सन्दर्भमा कसैले लुकाउन खोजेको कुरालाई प्रकासमा ल्याएर मात्र खोज पत्रकारिताको उदेश्य पुरा हुँदैन । राज्य संयन्त्रले उदेश्यमूलक ढंगले ध्यान नदिएको क्षेत्र र त्यसले समूदायलाई पारेको असरलाई उजागर गर्नु चाही खोज पत्रकारिताको बास्तविक उदेश्य हो । विश्वव्यापी रुपमा खोज पत्रकारहरुको ध्यान जाती, भाषा, धर्म, संस्कृति तथा जीवन शैलीमा राज्यसिर्जित भेदभाव तर्फ केन्द्रीत हुँदै गएको छ । लैगिक बिभेद बिरुद्ध खोज पत्रकारको सक्रियता बड्दो छ । तर नेपालमा पत्रकार उत्पादन गर्ने कारखनाका रुपमा अगाडि आएका तालिम प्रदायक संस्थाहरु यी सन्दर्भमा मौन जस्तै छन् ।

भएकै बिषयमा पनि उनीहरु जानकारी दिदैनन् । पत्रकारितासंग सम्बन्धीत पाठ्यक्रम लेखक र त्यसका गुरुवा पनि उनीहरु आफै छन् । यहीकारण पनि अन्य भन्दा फरक र खोजपत्रकारिताको दायरालाई फराकिलो बनाउन पहिचानजनित खोज पत्रकारिताको आवश्यकता भएको हो । खोज पत्रकारितालाई कसैले लुकाउन खोजेको बिषयलाई खुलासा गर्ने प्रक्रियाका रुपमा खोज पत्रकारितालाई लिने गरिन्छ । तर बद्लिदो सन्दर्भमा कसैले लुकाउन खोजेको कुरालाई प्रकासमा ल्याएर मात्र खोज पत्रकारिताको उदेश्य पुरा हुँदैन । राज्य संयन्त्रले उदेश्यमूलक ढंगले ध्यान नदिएको क्षेत्र र त्यसले समूदायलाई पारेको असरलाई उजागर गर्नु चाही खोज पत्रकारिताको बास्तविक उदेश्य हो

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]