About Contact
१० मंसिर २०७७, बुधबार
Close
बिज्ञापन
सगरमाथा सम्वाद स्थगित, भ्रमण वर्ष-२०२० पनि स्थगित गर्ने तयारी

खोज केन्द्र सोमबार, फाल्गुण १९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको प्रकोप विश्वभर फैलिएपछि सरकारले सगरमाथा सम्वाद कार्यक्रम स्थगित गरेको छ ।

जलवायु परिवर्तनबारे विश्वलाई सन्देश दिनेगरी आगामी २० चैतदेखि तीन दिन सगरमाथा सम्वाद गर्ने सरकारले तयारी गरेको थियो । थुप्रै देशहरुलाई निमन्त्रणा समेत दिइएको थियो । तर, कोरोना भाइरसको प्रकोप फैलिएपछि यो कार्यक्रम स्थगित गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

सगरमाथा सम्वाद कार्यक्रम स्थगित भएको जानकारी दिन आजै पत्रकार सम्मेलन गरिदैछ । सरकारले नेपाल भ्रमण वर्ष–२०२० पनि स्थगित गर्ने तयारी गरेकाे छ । औपचारिक घोषणा हुन बाँकी रहे पनि नेपाल भ्रमण वर्ष स्थगित गर्ने तयारी भएको छ ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित घोषणा गरिएको भ्रमण वर्ष कोरोना प्रकोपका कारण प्रभावित बनेको छ ।

छिमेकी चीन लगायत यूरो र मध्य पूर्वसम्म कोरोना फैलिएको छ । शनिबार नै विदेशमा भ्रमण वर्षको प्रवद्र्धनात्मक कार्यक्रमहरु स्थगित गर्ने निर्णय भइसकेको छ । अतिप्रभावित मुलुकहरुको उडान समेत रोक्ने सरकारले तयारी गरेको छ । सरकारले जापान, दक्षिण कोरिया, हङकङ र इरानबाट आउने उडान रोक्ने तयारी गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]