काठमाडौं । पूर्व प्रधानमन्त्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ ।
अध्यक्ष दाहाल माथि राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गरेर फर्केने क्रममा जुत्ता प्रहार भएको हो ।
प्रचण्डले कार्यक्रमलाई सम्बोधन गरिरहेको भिडिओ उनको सचिवालयले फेसबुकमा लाइभ गरिरहेको थियो।
प्रचण्डले आफ्ना कुरा राखेर पोडियमबाट फर्कंदै गर्दा उनलाई लक्षित गर्दै जुत्ता प्रहार भएको हो। दर्शक बस्ने ठाउँबाट जुत्ता प्रहार भएपछि मञ्चमा रहेका सुरक्षाकर्मीहरू दौडेर ती व्यक्तिलाई पक्रन गएको भिडिओमा देखिन्छ।
नेकपा अनुशासन आयोगका अध्यक्ष अमृत बोहराले सेतोपाटीलाई दिएको जानकारी अनुसार जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उनको परिचय खुल्न बाँकी छ।