काठमाडौं : नेपालीसहित आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढदै गएको छ । नेपाली दूतावासहरुले सूचना जारी गर्दै सतर्क रहन संकेत गरेको छ । र, समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।
यद्द्पी अहिले सम्म त्यहाँ कार्यरत नेपाली कोभिड–१९ बाट संक्रमित भएको पुष्टी हुन सकेको छैन । खाडीका देशमध्ये बहराइनमा ३३, कुवेतमा ४५, युएईमा २१, ओमानमा चार, कतारमा एकजना संक्रमित भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छन्। इरानबाट आएका यात्रुबाट कोभिड–१९ संक्रमण भएपछि ती देशले इरानबाट सबै उडान बन्दल गरेका छन्।
स्थानीय सरकारहरुले आफ्ना नागरिक, आप्रवासी र यात्रुलाई अनिवार्य मास्क लगाउन, भीडभाडमा नजान भनेकाले त्यहीअनुसार सतर्कता अपनाइएको कवेतस्थित विमानस्थलमा कार्यरत एक नेपालीले बतएको छ।