चालु आर्थिक वर्षको अहिलेसम्म ७४ प्रहरी अख्तियारको फन्दामा परेका छन्। गत साउनबाट अहिलेसम्म सिपाहीदेखि डिएसपीसम्मका ७४ प्रहरीविरुद्ध अख्तियारले कारबाही थालेको छ। उनीहरुमध्ये अधिकांश घुससहित पक्राउ परेका छन् भने केही प्रहरी नक्कली शैक्षिक प्रमाणपत्रमा तानिएका छन्।
शव ओसार्दा र नक्कली सिपाही खडा गरेर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएका प्रहरीहरुमा डिएसपी त्रिलोकबहादुर चन्द, सई माधव चन्द ठकुरी, हवल्दार टंकबहादुर मल्ल र जवान सर्वराज खत्री छन्।
आधा किलो सुन गायव बनाएको आधारमा निलम्बनमा पर्नेमा प्रहरी निरीक्षक खेमप्रसाद नेपाल, सई भोजबहादुर सेन वली, असई रामशरण कुमाल, हवल्दार रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा, गोपीबहादुर लो तामाङ, जवान शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, ताराबहादुर प्रजा, कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठ छन्।
घुस काण्डमा पर्ने प्रहरी जवानहरुमा गमहिरा साह तेली, तेजप्रसाद भट्टराई, देवेन्द्र बलायर, भरत कटुवाल, बलराम यादव, आकाश खनाल, निरज भण्डारी र हिटलर साउद, ज्ञानबहादुर लामा, हरिचन्द्र बाँनिया, छविलाल पोख्रेल, राजकुमार यादव, लोगबहादुर खड्का, सरोजकुमार यादव, मनोज कुर्मा यादव, सूचक– धर्मेन्द्रकुमार झा, रतिराम चौधरी, दीपक चौधरी छन्।
त्यसैगरी असई शमबहादुर माझी, अनुसन्धान सहायक– वीरेन्द्रप्रसाद पाण्डे र वीरेन्द्र बर्मा, प्रेमबहादुर थापा, उमेश केशी, सूर्यबहादुर अधिकारी छन्।
यस्तै, सई रमेशबहादुर पाण्डे, राजु स्वर्णकार, कालिचरण पञ्जियार, खिमबहादुर जिसी, हेमन्त केसी, राजेशकुमार सिंह, जटाशंकरप्रसाद कलवार, बृजेशप्रसाद चौधरी, विपिनचन्द्र पन्त घुस काण्डमा परेका छन्।
हवल्दारमा रामहरी मानन्धर, भक्तबहादुर हायु, रामहरि मानन्धर, सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी, राजु श्रेष्ठ, ज्ञानेन्द्र मौर्य, ज्ञानबहादुर चौधरी छन्। यस्तै, रवीन्द्र श्रेष्ठ, जयनेपाल थापा, रामकिशोर साह तथा सशस्त्र इन्सपेक्टर तेजबहादुर जोरा पनि घुसमा मुछिएका हुन्।