About Contact
०२ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
सर्लाहीको अधबारा नदीमा ३९ लाखको लागतमा झोलुङ्गे पुल निर्माण हुने

खोज केन्द्र शुक्रबार, फाल्गुण १६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सर्लाही। सर्लाहीको चन्द्रनगर र ब्रह्म्पुरी गाउँपालिको सिमानामा रहेको अधबारा नदीमा ३९ लाखको लागतमा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।

अधबारा नदी, विलैया बजार चन्द्रनगर वडा नं.६ र बौधि बजार ब्रह्म्पुरी गाउँपालिका वडा नं. ६, को बिचमा ३९ लाखको लागतमा ३२ मिटर लामो झुलुगें पुल निर्माण हुने भएको हो ।

पुल निर्माण भएपछि किसानलाई खेतवारी जान ,विद्यार्थीहरुलाई विद्यालय आवत जावत गर्न र स्थानीयहरुलाई विभिन्न ठाउँमा आवत जावत गर्न सहज हुने चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले बताए । क्षेत्र नं. १ (क) का प्रदेश सभा सदस्य उपेन्द्र महतोले आफनो संसदीय कोष रकमबाट पुल निर्माण गर्ने भएपनि स्थानीवासीहरु हर्षित भएका छन ।

शुक्रवार प्रदेश सांसद महतो र ब्रहम्पुरी गाउँपालिका अध्यक्ष बिनोद साहले संयुक्त रुपमा पुलको शिलान्यास गरेको राजपा नेपालका नेता कैलाश साहले जानकारी दिए । पुल निर्माण हुने ठाउँमा पुल नभएपछि वर्षातको मौसममा बाटो नै बन्द हुने गरेको थियो । पुल निर्माण हुने भएपछी किसान,विद्यार्थी र स्थानीयवासीहरु खुसि भएका छन ।

कार्यक्रममा चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतो, राजपा नेपालका नेता नागेश्वर महतो लगायत चन्द्रनगर र ब्रह्म्पुरी गाउँपालिकाको स्थानीवासीहरुको उपस्थिति रहेको थियो ।

झोलुङ्गे पुल गहिरो खोँच भएको खोलामा लगाइने एक किसिमको पुल हो । यो पुल दुवै किनारमा अल्झाइएको फलामे लठ्ठामा झुण्डाएर बनाइने भएकाले यसको नाम झोलुङ्गे पुल रहन गएको हो । झोलुङ्गेपुल नेपाल जस्तो भौगोलिक अवस्थिति भएको मुलुकमा निकै नै लोकप्रिय छ ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]