About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
प्रादेशिक अस्पताल जनकपुरमा प्रसूति गराउने महिलाको संख्या बढ्यो, सात महिनामा ६ हजार ७ सय ६८ जनाले प्रसुती गराए

खोज केन्द्र शुक्रबार, फाल्गुण १६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम, १६ फागुन। प्रादेशिक अस्पताल जनकपुरमा प्रसूति गराउने महिलाको संख्या बढेको छ ।

यस आर्थिक वर्षको सात महिनामा प्रादेशिक अस्पताल जनकपुरबाट ६ हजार ७ सय ६८ जनाले प्रसुती गराएका छन् ।  जसमध्ये साउन महिनामा सामान्य तरिकाले ५ हजार २ सय ९७ जनाको, जटिल तरिकाले २ सय ९५ जनाको र शल्यक्रिया मार्फत १ हजार १ सय ७६ जनाको प्रसूति गरिएको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल रेकर्ड अधिकृत सत्य नारायण यादवले जानकारी दिए ।

चालु आर्थिक बर्षको साउन महिनामा ८ सय २९ जनाको सामान्य, ६४ जनाको जटिल र १ सय ४८ जनाको शैल्यक्रिया मार्फत गरि जम्मा १ हजार ४१ जनाको प्रसुती गरिएको बताए । त्यस्तै भदौ महिनामा ८ सय ४३ जनाले सामान्य,३८ जनाले जटिल र १ सय ७० जनाले शल्यक्रिया मार्फत गरि १ हजार ५१ जनाले सुत्केरी गराएका छन् ।

असोज महिनामा ७ सय ७ जनाले सामान्य,५२ जनाले जटिल र १ सय ४५ जनाले शल्यक्रिया मार्फत गरि ९ सय ४ जनाले सेवा लिएका छन् ।  कात्तिक महिनामा ७ सय ३६ जनाको सामान्य,५६ जनाको जटिल र १ सय ८६ जनाको शल्यक्रिया मार्फत गरि ९ सय ७८ जनाले बच्चा जन्माएका छन् भने मंसिर महिनामा ७ सय ८५ जनाको सामान्य,५१ जनाको जटिल र १ सय ६८ जनाको शल्यक्रिया मार्फत गरि जम्मा १ हजार ४ जनाको प्रसूति गरिएको छ ।

पुष महिनामा ७ सय ४३ जनाले सामान्य,१८ जनाले जटिल र शल्यक्रिया मार्फत १ सय ७४ जनाले गरि ९ सय ३५ जनाको प्रसूति गरिएको छ भने माघ महिनामा ६ सय ५४ जनाले सामान्य,१६ जनाले जटिल र १ सय ८५ जनाले शैल्यक्रिया मार्फत गरि ८ सय ५५ जनाको प्रसुती गरिएको मेडिकल रेकर्ड अधिकृति यादवले बताए ।

प्रादेशिक अस्पताल जनकपुरको तथ्यांकलाई हेर्ने हो भने यस अस्पतालबाट अब प्रसुती गराउने महिलाको संख्या ह्वात्तै बढेको छ ।  अस्पतालमा सामान्य चिकित्सा तथा बालरोग सेवाअन्तर्गत दम, मुटु, निमोनिया, बाथ, थाइराइड, मधुमेह, उच्च रक्तचाप, एचआईभी, र क्षयरोगको नियमित रुपमा उपचार गरिरहेको मेडिकल रेकर्ड अधिकृत यादवले जानकारी दिए ।

रगत जाँच, कलेजोको कामको जाँच, बोसोको जाँच, दिसा, पिसाब, रगतको जाँच तथा कल्चर सेवा, उच्चस्तरीय जीन एक्सपर्ट उपकरणद्धारा क्षयरोगको नियमित रुपमा परीक्षण गर्दे आइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालबाट विभिन्न किसिमका निरोधात्मक सेवाहरु पनि प्रदान भइरहेको छ । जसमध्ये परिवार नियोजन, खोप, स्वास्थ्य शिक्षा, गर्भवती जाँच, एचआईभी जाँच, उपचार तथा परामर्श मुख्य पर्दछन् ।

सम्बन्धित

ताजा अपडेट
नेपाल तराई ईन्जिनियरस समाजद्वारा सिरहामा राहत वितरण
कंगोको शान्ति मिसनमा गएका सैनिक जवान कुटिए, सुरु भयो कोर्ट अफ इन्क्वायरी
जनकपुरधाम: बलात्कृत किशोरीलाई उजुरी गरे मारिदिन्छु भनेर धम्कि दिने यादव पक्राउ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]